May 16, 2021, Sunday
२०७८ जेष्ठ ३

एटिएम प्रयोगकर्ताका लागि खुशीको खबर ! अरु बैंकको एटिएमबाट रकम निकाल्दा अब शुल्क नलाग्ने

154

काठमाडौं – अर्को बैंकको एटिम कार्डबाट रकम निकाल्दा अब शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रवार भुक्तानी सेवा सञ्चालन अनुमति प्राप्त संस्थालाई शुल्क नलिन भनेको हो ।

सरकारले कोरोनाको अवधिभर भने यो सेवा निशुल्क गर्ने नीति ल्याएको थियो । शुक्रवार राष्ट्र बैंकले एकीकृत परिपत्र जारी गरेपछि अब शुल्क लाग्ने छैन ।

यस्तै डिजिटल कारोबारको सीमामा पनि सामान्य हेरफेर गरिएको छ ।