काठमाडौं– नेपालमा शनिबार बेलुका र आइतबार गरी थप ६ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेमा भक्तपुर, ललितपुर, पर्सा, रौतहट बारा, महोत्तरीका छन् ।
जिल्ला स्वास्थ्य कार्यलय ललितपुरका अनुसार पाटन अस्पतालमा उपचारत एकजना २९ वर्षका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।
साउन २८ देखि पाटन अस्पतालमा उपचारत ती पुरुषको शनिबार (भदौ १३ गते) राति १० बजे मृत्यु भएको हो ।