June 17, 2021, Thursday
२०७८ असार ३

रुकुममा थप चारलाई कोरोना पुष्टि, योसँगै जिल्लामा संक्रमितको संख्या ६४ पुग्यो

112

रुकुम – पश्चिम रुकुममा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा आइतबार मुसिकोट नगरपालिका वडा नम्बर ७ का ३ जना पुरुष र १ महिलामा संक्रमन पुष्टि भएको हो ।

गत साउन ९ गत्ते मुसिकोट नगरपालिका र स्वास्थ्य सेवा कार्यालयबाट १ सय २४ जनाको स्वाब संकलन गरी परीक्षण गरिएकोमा चारजनामा संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले जानकारी दिए । उनका अनुसार १ सय २० जनाको भने रिपोर्ट नगेटिभ आएको छ ।

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६४ पुगेको छ । थपिएका चार संक्रमितसहित अब जिल्लामा ३४ सक्रिय संक्रमित रहेका छन् ।