October 26, 2020, Monday
२०७७ कार्तिक १०

रुकुम पश्चिममा दुई ठाउँमा निषेधाज्ञा ,सानाेभेरी र आठबिसकाेटकाे फुकुवा

495

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले काेराेना भाइरस संक्रमण बढिरहेकाे भन्दै सदरमुकाम मुसिकाेट र त्रिवेणी गाउँ पालिकाका २ वडामा निषेधाज्ञा जारि गरेको छ ।सदरमुकाम मुसिकाेट नगरपालिकाका सबै वडा र त्रिवेणी गाउँ पालिकाका ९ र १० वडामा भदौ १५ गते बिहान ४ बजे देखि भदौ २१ गते राति १२ बजे सम्म निषेधाज्ञा जारि गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पाैडेलले जानकारी दिए ।

शनिबार त्रिवेणी गाउँपालिकाका ९ का ५५ वर्षीय र वडा नम्बर १० का ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि जोखिम बढेकाले यी दुई वडा पनि सिल गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निषेधज्ञा जारी गरिएका क्षेत्रमा अत्यावश्यक बाहेका सबै सेवा बन्द रहने प्रशासनले जनाएको छ । यस अवधिमा अत्यावश्यक काम नपरी हिडडुल गर्न पनि निषेध गरिएको छ । एम्बुलेन्स, शवबाहन, शान्ति सुरक्षा, स्वास्थ्य, विद्युत, दुर सञ्चार, खानेपानी, दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास पेट्रोलिमय पदार्थ, औषधी पसल, खाद्यान्न, तरकारी आपुर्ती र विपद सम्बन्धी अत्यावश्यक सेवाहरुमात्र सूचारु हुने छन ।

यस्तै खाद्यान्न तथा तरकारी पसलहरु भने आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरी बिहान ६ बजेदेखी ९ बजे सम्म मात्र सञ्चालन गर्न दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।यसै विच सानिभेरी गाउँपालिका र आठविसकोट नगरपालिकामा भने यस अघि जारी गरिएको निषेधाज्ञा हटाइएको छ । यसअघि संक्रमित भएकाहरुको सम्पर्कमा रहेका सबै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएकाले यी दुई पालिकामा तत्कालका लागी जोखिम कम भएको भन्दै निषेधाज्ञा फुकुवा गरिएको हो ।

Recent Update