रुकुम पश्चिमको बाँफिकोट गाउपालिकामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन । चार दिन देखी बेपत्ता भएका वडा नम्बर १० का ३६ बर्षीय भिम बहादुर बुढामगर मृत अवस्थामा फेला परेका हुन ।
बेपत्ता बुढा मगरलाई खोजी गर्ने क्रममा गाउँ नजिकैको भिरमा मृत अवस्थामा भेटिएपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयकारुकुम पश्चिमका सूचना अधिकारि प्रहरी निरिक्षक कविराज रोकायको नेतृत्वमा प्रहरी टोली घटना स्थलमा पुगेको थियोे ।
अप्ठ्यारो ठाउँमा शव अडकिएकाे हुदा स्थानिय र प्रहरीको सहयोगमा बाटो बनाएर शव निकालिएकाे थियो ।उनको के कारणले निधन भएको प्रहरीले अनुसन्धान गरिरहेकाे जनाएको छ ।