January 22, 2021, Friday
२०७७ माघ ९

कोरोनाबाट चितवनमा थप एकको मृत्यु

73

चितवन – भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।

अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो।

भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई सास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो। उनको आज बिहान ७ः२० मा मृत्यु भएको पौडेलले जानकारी दिए।

योसँगै कोरोनाका कारण चितवनमा १३ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा चितवनका छ जना रहेका छन्।