October 22, 2020, Thursday
२०७७ कार्तिक ७

रुकुमका बेसाहारा दम्पतीलाई ऋषिरामले बाँचुन्जेल खाद्यान्न बेहोर्ने

1.5K

बेसाहारा दम्पती र ऋषिराम खड्का

रुकुम पश्चिम-भाद्र १५, वर्षौंदेखी साहारा बिहिन बनेका रुकुमका एक दम्पतीलाई समाजसेवी ऋषिराम खड्काले उनिहरुलाई बाँचुन्जेल सम्म खाद्यान्न बेहोर्ने भएका छन । यसको सुरुवात खड्काले यसै महिना बाट सुरु गरेको बताएका छन । सानाेभेरी गाउँ पालिका ११ का पदमसिह राेका र उनकी पत्नी सहारा विहिन भएर खाना धाै-धाै भएपछि ऋषिरामले मासिक १ बाेरा चामलको व्यवस्था गरिदिने बताएका छन ।

सबै तिर उनको उद्दार र राहतको लागि सहयोग भैरहेको छ, घर पनि निर्माण हुदै छ, मैले खाद्यान्न सहयोग गरिरहने छु ऋषिरामले भने । उक्त दम्पतीकाे अवस्थाकाे बारेमा स्थानीय सिर्जना ओलीले सामाजिक सञ्जाल मार्फत भिडियो सार्वजनिक गरेपछि सबै तिरबाट सहयोग सुरु भएको छ । अमेरिका लगाएत विभिन्न देश बाट प्राप्त सहयोगले भूकम्प प्रतिरोधात्मक घर बन्दै गरेको सृजना ओलीलाई उदृत गर्दै ऋषिराम खड्काले जानकारी दिए ।

करेन्ट लागेर गम्भीर घाइते बनेका कृष्ण ओलीकाे साथमा ऋषिराम

युवा समाजसेवी खड्काले यसका अलवा लकडानकाे समयमा पनि धेरै समस्यामा परेका नागरिकलाई सहयोग गरेका छन । काठमाडौमा अलपत्र परेका बाँकेका सुमन रावतलाई १५ हजार नगद, काठमाडौ तारकेश्वरस्थित नेपाल मानव अनाथलय संस्थामा रहेका बालबालिकालाई पाँच हजार नगद, माछापोखरीस्थित नेपाल अपांग सरोकार संस्थालाई करिब ५००० बराबरको खाद्यान्न सहयोग समेत गरेका थिए । समस्या तथा अभावमा रहेका धेरैलाई सहयोग गरेको छु, खड्का भन्छन् ।

इन्द्रेणी कार्यक्रममा क्यान्सर पिडित धर्म ओलीलाई सहयोग गर्दै ऋषिराम

गएको एक डेढ वर्षमा चाहे त्यो इन्द्रेणी मार्फत होस या व्यक्तिगत रुपमा होस, विभिन्न कारणले पिडित बनेकालाई ८ देखि १० लाख सम्मकाे सहयोग गरेँ होला तर एक्किन हिसाब त छैन खड्काले कुराकानीको क्रममा भने ।

खड्का विगत लामाे समय देखि समाजसेवामा आबद्ध छन । उसो त रुकुम पश्चिमका कृष्ण ओली र रुपा मगरको उद्दारको लागी पनि सामाजिक रुपमा पहिलो पहल उनले नै गरेका थिए । त्यस्तै रुकुम पश्चिमका क्यान्सर पिडित धर्म ओली, मागि खड्का, जमुना गहतराज र बाग्लुङका दल बहादुर लगायतकाको उद्दारको पहिलो सुरुवात पनि खड्काले नै गरेका थिए ।

ऋषिराम लाई सम्मान गर्दै इन्द्रेणी कार्यक्रम संचालक कृष्ण कँडेल

पछिल्लो समय कतिपय पिडितहरुको ‘खोला तरे लौरी बिर्सिने’ व्यवहारले केहि दुखि बनाए पनि समाजसेवामा छुट्टै आनन्द छ उनले थपे ।

Recent Update