October 25, 2020, Sunday
२०७७ कार्तिक ९

काेराेना भाइसर संक्रमित बेलायती प्रधानमन्त्री जाेनसन अस्पताल भर्ना

618

बाेरिस जाेनसन

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन कोरोनाभाइरसको संक्रमण  देखिएको १० दिनपछि अस्पताल भर्ना भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ।
आइतवार साँझ उनलाई “लक्षणहरू उस्तै” देखिएको र तापक्रम पनि रहेकाले लन्डन अस्पतालमा पुर्‍याइएको हो।
उनका डाक्टरको सुझावपछि यो कदम “सावधानीको रुपमा” चालिएको बताइएको छ।


सरकारको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् तर सोमवार बिहान हुने कोरोना भाइरससम्बन्धी बैठकको अध्यक्षता भने विदेशमन्त्रीले गर्ने ठानिएको छ।
उपचारका लागि अस्पताल पुगेका जोनसन रातभरि अस्पताल नै बस्ने ठानिएको छ।

बीबीसीका अनुसार   प्रधानमन्त्री अस्पतालमा हुने परीक्षणलाई नियमित परीक्षणका रुपमा व्याख्या गरिएको छ।
डाउनिङ्ग स्ट्रीटले निकालेको विज्ञप्तिमा भनिएको छ: “चिकित्सकको सल्लाहमा प्रधानमन्त्री आज राती परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको छ।”

Recent Update