September 25, 2021, Saturday
२०७८ आश्विन ९

उपत्यकामा आज थपिए २९८ कोरोना संक्रमित

117

काठमाडौं- काठमाडौं उपत्यकामा आज थप २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१, जना गरी जम्मा २९८ जना संक्रमित थपिएका छन् ।

यसअघि आइतबार (हिजो) काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना गरी जम्मा ४२९ जना संक्रमित थपिएका थिए ।