March 7, 2021, Sunday
२०७७ फाल्गुन २३

काठमाण्डौ उपत्यकामा ‘हाइकिङ ट्रेल’ निर्माण हुने

89

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा नयाँ पदमार्ग (हाइकिङ ट्रेल) निर्माण र पुराना पदमार्गको मर्मत सम्भार गरिने भएको छ ।

यसको लागि पर्यटन विभागले बोलपत्र आह्वान गरेको छ । कान्तिपुरमार्ग, कलङ्की, गुर्जेभञ्ज्याङ सुराचौर, आलडाँडा, शिवपुरी गाउँ, बारदेभ, लेले, देउराली र गोदावरीमा पदमार्ग बनाउन र मर्मत सम्भारको लागि बोलपत्र आह्वान भएको छ । 

पदमार्ग निर्माण, मर्मत तथा सौन्दर्यकरणको लागि आजका मितिले १३ दिनसम्म बोलपत्रमा दरखास्त दिन पाइनेछ ।