June 17, 2021, Thursday
२०७८ असार ४

बेपत्ता महिलाको भेरी नदिमा शव फेला

403

रुकुम पश्चिममा एक महिला बेपत्ता भएको एघार दिनपछि मृत फेला परेकी छन्। जिल्लाको बाँफिकोट गाउँपालिका–९ स्यालाकी ५१ वर्षीय सेती खत्री भदौ ८ गतेदेखि बेपत्ता भएकि थिइन। साेमबार साँझ शव फेला परेको जिल्ला प्रहरी कार्यालयले रुकुम पश्चिमका प्रहरी प्रमुख ठग बहादुर केसिले जानकारी दिएका छ्न ।

खत्रीको शव स्यापाखाकाे भलखाेला नजिकै भेरी नदिमा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख केसीले बताए । खत्रीको मृत्युको कारण खुलेको छैन्। खत्री घरबाट बेपत्ता भएदेखि आफन्तले खोजी सुरु गरेका थिए। भलखाेला नजिकै भेरीनदिमा शव फेला परेपछि स्थानीयले खबर गरेेपछि प्रहरी निरिक्षक हरि ओलीको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको थियाे।

Recent Update