October 31, 2020, Saturday
२०७७ कार्तिक १५

तिलकलाई बिपि काेइराला युवा नेतृत्व विकास मञ्च रुकुम पश्चिमकाे जिम्मेवारी

759

बिपि कोइराला युवा नेतृत्व विकास मञ्च रुकुम पश्चिमको अध्यक्षमा विद्यार्थी युवा नेता तिलक डाँगी लाई मनाेनित गरिएको छ । वीपी कोइरालाको समाजवादप्रति आस्था राख्ने तरुण विद्यार्थीहरुको नेतृत्व तथा व्यक्तित्व विकासका लागि स्थापना भएको युवाहरुको साझा चौतारीको रुपमा गठन भएको संस्था हाे ।

उक्त संस्थाको युवा नेतृत्व विकास मञ्च रुकुम पश्चिमकाे अध्यक्षमा डाँगीलाई केन्द्रले जिम्मेवारी सुम्पेको हाे ।केन्द्रीय अध्यक्ष निलकण्ठ रिजालले डाँगीलाई नियुक्त गरेको पत्र दिएका हुन ।उक्त मञ्च हाल देशका ७० वटा जिल्लामा विस्तार भएको छ ।प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक बहन गरेर लक्ष्य उदेश्य प्राप्तिमा अगाडि बढने तिलक डाँगीले बताए ।

Recent Update