July 30, 2021, Friday
२०७८ श्रावण १५

एक हप्ता उपत्यकामा निषेधाज्ञा थप्ने तयारी

82

काठमाडौं – काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले फेरि एक हप्ता निषेधाज्ञा थप गर्ने तयारी गरेका छन् । कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्षसहित फेरि एक हप्ता निषेधाज्ञा थप गर्ने विषयमा मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकमा निषेधाज्ञाको मोडालिटी भने केही परिवर्तन गर्ने विषयमा छलफल भएको छ ।

‘यसपटक अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो बनाउने गरी निषेधाज्ञा थप्नेतर्फ छलफल भएको हाे ।