October 30, 2020, Friday
२०७७ कार्तिक १४

उपत्यका २३ ठाउँमा ट्राफिक डमी राखियो

207

काठमाण्डौ – काठमाण्डौ उपत्यकाका विभिन्न २३ ठाउँमा ट्राफिक डमी राखिएको छ । काठमाण्डाैमा १७, ललितपुरमा ३ र भक्तपुरमा ३ वटा सूचनामूलक बोर्डहरु बोकेर उभिएको ट्राफिक डमी राखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

हेर्दा ट्राफिक प्रहरीजस्तो देखिने डमीमा कोरोना भाइरसको संक्रमणबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ । यस्तै कोरोना भाइरसबाट बच्न काठमाण्डाै उपत्यकाका विभिन्न ६० चोकमा सूचना बोर्ड राखिएको छ । बोर्डमा सामाजिक दूरी कायम गर्न, मास्क लगाएर हिड्न, अनावश्यक हिँडडुल नगर्न, स्वास्थ्यका मापदण्ड पालना गर्न, ट्राफिक नियमकाे पालना गर्न लगायत आग्रह गरिएको छ ।

ट्राफिक प्रहरीले अहिले विभिन्न ४५ ठाउँमा संयुक्त चेक प्वाइन्ट राखेको छ । १४ सय ४५ ट्राफिक प्रहरीलाई काठमाण्डाैका विभिन्न एक सय ५२ ठाउँमा खटाइएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।

Recent Update