April 12, 2021, Monday
२०७७ चैत्र ३१

पुर्व सांसद राजिव विक्रम शाहले जाजरकोटका सात स्थानीय तहलाई दिए ३५ सर्जिकल बेड

819

शाहले उपलब्ध गराएका सर्जिकल बेड गाउँ तर्फ लैजादै स्थानीय तहका प्रतिनिधि हरु

पूर्वसांसद राजीवविक्रम शाहले जाजरकोटका स्थानीय तहमार्फत स्वास्थ्य संस्थालाई सर्जिकल बेड उपलब्ध गराएका छन् ।काेराेना भाइरस लाई मध्यनजर गर्दै आइसोलेसनका लागि उक्त बेड उपलब्ध गराएका हुन् ।
शाहले निजी खर्चमा जाजरकोटका सातवटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थालाइ पाँच वटाका दरले ३५ सर्जिकल बेड हस्तान्तरण गरेका छन् । सबै स्थानीय तहले उक्त बेड पालिकास्तरमा रहेको स्वास्थ्य संस्थामा आइसोलेसन वार्ड स्थापनाका लागि प्रयोग गर्नेछन् ।

 नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका शाहले उपलब्ध गराएका बेड स्थानीय तहका प्रमुखलाई हस्तान्तरण गरिएको हो ।
जिल्लामा विभिन्न स्वास्थ्य संस्थामा बेडको अभाव भएको सुनेपछि आफूले सहयोग गरेको शाहले बताए । शाहले गरेको सहयोग बाट स्थानीयबासिहरु निकै खुसि भएका छन ।
 शाहले आफ्नो निजी लगानीमा जाजरकोटको छेडागाड नगरपालिका ५ वडाबनमा २५ शैयाको अस्पताल समेत निर्माण गरेका छन् । 

उक्त अस्पताल समेत केही समय भित्रै संचालनमा ल्याउने तयारी भइरहेको शाहले बताए । शाह २०७० सालको संविधान सभा निर्वाचनमा जाजरकोट क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।

जाजरकोट मा आपत पर्दा शाहीले उद्दार तथा सहयोगका कामहरु विगत देखि गर्दै आएका छन । झाडापखाला महामारी तथा अन्य प्राकृतिक संकटमा निजि लगानी मार्फत हेलिकप्टर लिएर नागरिकको उद्दार समेत गर्दै आएका शाहकाे चाैतर्फि प्रसंसा समेत हुने गरेको छ ।