October 21, 2020, Wednesday
२०७७ कार्तिक ५

बाढीमा परेर बाग्लुङमा १० जना बेपत्ता, एक जनाको शव भेटियो

186

बाग्लुङ – बाग्लुङको ढोरपाटन नगरपालिकामा बाढी, पहिरोमा परेर एक जनाको ज्यान गएको छ, १० जना बेपत्ता भएका छन् । 

ढोरपाटनको भुदीखोलामा गएराति आएको बाढीले खोला किनारका कयौँ घर बगाउँदा आठ जना पुरुष र दुई जना महिलासहित १० जना बेपत्ता भएका बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । 

एक जनाको शव भेटिएको छ । बाढीले भुदीखोला जलविद्युत र एउटा गाडी पनि बगाएको छ । अहिले खोजी र उद्धारको लागि प्रमुख जिल्ला अधिकारी  न्यौपानेको नेतृत्वमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा जाँदैछ ।

ढोरपाटनको वडा नम्बर ६, ७, ८ र ९ मा गएराति धेरैबेरसम्म मुसलधारे पानी परेको थियो ।

Recent Update