October 30, 2020, Friday
२०७७ कार्तिक १४

चामल खरिदमा खाद्य कम्पनीकाे चलखेल

204

काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५५ करोडको चामल खरिद गर्दा चलखेल भएको पाइएकाे छ।

कम्पनी स्रोतका अनुसार हाल देशका विभिन्न भागमा ४० हजार क्विन्टल चामल खरिद गरेर विभिन्न खाद्य गोदाममा भण्डारण गरिएको छ । त्यसरी खरिद गरिएको चामल कम गुणस्तरको पाइएपछि खरिद प्रक्रियामै आशंका सिर्जना भएको छ ।

वार्षिक कार्यक्रमअनुसार नै कम्पनीले करिब ५५ करोड रुपैयाँमा १ लाख क्विन्टल चामल खरिद गरेर गोदाममा भण्डारण गर्न थालेको हो । व्यापार कम्पनीका केही कर्मचारीको मिलेमतोमा विभिन्न ठाउँमा रहेको खाद्य गोदाममा कमसल गुणस्तरको चामल खरिद गरेर थन्क्याउने गरिएको कम्पनी स्रोतको दाबी छ ।

त्यसरी खरिद गरी गोदाममा राखिएको चामल कमसल भएको कम्पनीकै खाद्य प्राविधिकले प्रमाणित गरेका छन् । तर पनि कमसल चामल खरिद गर्ने कार्य रोकिएको छैन । प्राविधिकद्वारा मापदण्डअनुसार नभएको प्रमाणित चामललाई माथिल्लो निकायको आँखा छल्न आन्तरिक मिलेमतोमा कागजी रूपमा मिलाएर चामल गोदाममा थन्क्याउने काम भएको बताइएको छ । राजधानी दैनिक

Recent Update