July 30, 2021, Friday
२०७८ श्रावण १५

रुकुममा भिम बहादुरले श्रीमतीलाई जिस्काएर भाउजू भन्दा श्रीमतीले ह”त्या गरेको खुलासा

4.1K

घटनामा ह”त्या गरिएका भिम बहादुर बुढा

बाँफिकाेट गाउँपालिका १० का ३६ बर्षीय भिम बहादुर बुढाकाे ह”त्या भएको प्रारम्भिक अनु”सन्धान बाट खुलेको छ ।नेपाली सेनामा कार्यरत भिम बहादुरकाे उनकै श्रीमतीले ह”त्या गरि भिरमा खसाएकाे प्रारम्भिक अनु”सन्धान बाट खुलेको हाे ।भदौ १० गते बे”पत्ता भएका भनिएका भिम बहादुरकाे भदौ १४ गते घर नजिकैको भिरमा श”व फेला परेको थियो । सुरुमा श्रीमतीले श्रीमान बे”पत्ता भएको भनेर सबैलाई खाेजि गरिदिन आग्रह गरेकी थिइन ।

उक्त अाग्रह पछि भिम बहादुरकाे श”व भिरमा भेटाएर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।उनको ह”त्याको प्रारम्भिक निष्कर्ष प्रहरीले उतिबेला नै गरेपनि संकाकाे सुइ श्रीमती तिर घुमाएकाे थिएन ।तर प्रहरीले अ”नुसन्धानकाे काम भने जारी राखेको थियोे ।भदौ १७ गते प्रहरी चाैकि बाँफीकाेट छिन्खेतमा प्रहरी असइ बालकृष्ण खड्कालाई श्रीमतीले ह”त्या गरेको हुन सक्ने भन्दै फाेन गरेर जानकारी दिएपछि भिम बहादुरकी २२ बर्षकी श्रीमती अन्जना पुन बुढालाई प्रहरीले नि”यन्त्रणमा लिएको एक स्थानीयबासीले बताए ।

गाउँका अत्यन्तै मिलनसार ,सहयोगी भिम बहादुरकाे ह”त्याको बिषयले गाउँ र उनका साथी भाइहरु स्तब्ध छन ।आफ्नै श्रीमानकाे नि”र्मम तरिकाले ह”त्या कसरी र किन गरिन भन्ने बिषय पनि सबैलाई चासो बनेको छ ।उता प्रहरीले अ”नुसन्धान प्रक्रिया टुंग्याएर बिहिवार नै मुद्दा दर्ता गर्दै छ । भिम बहादुर नेपाली सेनामा कार्यरत थिए ।

हामीले घटनाको थप अ”नुसन्धान गरिरहेका छाै ,आजै मुद्दा दर्ता पनि गरिएकाे छ, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ठग बहादुर केसीले भने ।डिएसपी केसीका अनुसार निजलाई कर्तव्य जान अन्तर्गत मुद्दा दर्ता गरि हिरासतमा राखिएको छ । यद्यपि आराेपितले प्रहरीलाई के बयान दिएकी छिन उक्त कुरा खुलेको छैन तर आराेपित अन्जनालाई उदृत गर्दै घटनाको बारेमा एक स्थानीयबासीले हाम्रा खबर डटकमलाई दिएको जानकारी अनुसार यसरी भएको थियो घटना ।

श्रीमतीलाई भाउजू भनेपछि हत्”या गरे

भदौ १० गते भिम बहादुर साथिहरु सँग हल्का म”दिरा सेवन गरि नजिकैको गाउँ बाट साँझ करिब ७ बजेकाे समयमा घरमा पुगे ।उनलाई घरमा छाड्न अन्य २ दुई जना साथीहरू पनि आएका थिए ।साथीहरू उनलाई छाडेर घर तर्फ लागे ।श्रीमती अन्जना घरमा खाना पकाइरहेकी थिइन ।त्यत्तिकैमा श्रीमान श्रीमती विच सामान्य भनसुन भयो ।ठट्यौली स्वभावका भिम बहादुरले श्रीमतीलाई भाउजू भनेर जिस्काए ।श्रीमतीलाई भाउजू भनेपछि अन्जना म त श्रीमती हु किन श्रीमतीलाई भाउजू भनिस भनेर थप आक्रमक बनिन् ।मदिराले शरीर अड्याउन नसक्ने अवस्थामा रहेका भिम बहादुर र अन्जना बिच लछा”रपछार सुरु भयो ।

छिमेकीकाे घर पनि अलिकति टाढा भएकोले उनीहरुको झगडा कसैलाई थाहा भएन । दुवै जना ल”डाइँ गर्दै आगन सम्म पुगे,फेरि अन्जनाले भिम बहादुरलाई लछा”रपछार पार्दै भित्र लगिन ।त्यतिबेला भिम बहादुरकाे टाउको सुत्ने खाटकाे खुट्टामा नराम्रो सँग ठाेक्कियाे ।टाउकोमा गहिरो चाे”ट सँगै रग”त बग्न थाल्यो ।त्यसैमा अन्जनाले घरमै राखेको सुकेको लाठीले थप कुटिन ,श्रीमतीको कुटाइ र खाटमा ठाेक्किदाकाे चाेटले भिम बहादुर बे”हाेस भए ।

।करिव राति ९ बजे आसपासमा भिम बहादुरले संसार छाडे । भिम बहादुरकाे नि”धन भएपछि अन्जनालाई श”व व्यवस्थापन गर्न हतारो भयो ।भिम बहादुरकाे श”व उनलेे डाेकाेमा राखेर नजिकैको जंगलमा रहेको अप्ठ्यारो भिरमा खसाइन ।भिरमा श”व खसाएर अन्जनाले घरमा रहेका ह”त्या प्रमाण मेटाउन सबै उपायहरू प्रयाेग गरिन ।सुरुमा सुत्ने खाट फुकालेर नजिकै एक ठाउँमा हरियो घाँसले पुरिन,अनि खाटकाे केही भाग घरकै माथिल्लो भागमा लुकाइन ।

रग”तका टाटाहरु सबै मेटाउन घर लिपपाेत गरिन ।त्यसपछि बल्ल छिमेकी, आफन्त सबैलाई श्रीमान हराएको खाेजि गरिदिन आग्रह गरिन ।कसैले पनि अन्जनाले ह”त्या गरेको अनुमान गरेनन् ,भिम बहादुरकाे खाेजि तर्फ लागे ।१४ गते श”व फेला परेपछि श”वकाे पाेस्टमार्टम देखि श”वकाे अन्त्येष्ठि सबै काम सकियो ।त्यसपछि गाउँलेले घरमा अलिकति रग”तको टाटा फेला पारे,अनि सुत्ने खाट पनि नदेखेपछि प्रहरीलाई खबर गरे ।प्रहरी असइ बालकृष्ण खड्काकाे टाेली घटना स्थालमा पुग्यो र सामान्य केरकार पछि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमलाई बुझायाे ।