October 28, 2020, Wednesday
२०७७ कार्तिक १३

ट्राभल्सकाे लापरबाहीले ३७ नेपाली यात्रु काेरियाकाे इञ्छन विमानस्थलमा अलपत्र

525

नेपाल आउन टिकट काटेर दक्षिण काेरियाकाे इञ्छन विमानस्थलमा छिरेका ३७ नेपालीलाई जहाजले बाेक्न नमानेपछि शुक्रबार विहान अलपत्र परेका छन । पिसिआर रिपोर्ट नेगेटिभ भएपनि उनिहरु नेपाल आउन नपाएका हुन ।स्रोतका अनुसार पिसिआर रिपोर्ट कसैको पुरानो भएको,कसैकाे रिपोर्टमा मिति नलेखेकाे,कसैको रिपोर्ट स्पष्ट नभएको आदि कारणले जहाजले उनीहरूलाई बाेक्न नमानेपछि यस्तो अवस्था आएको स्रोतले बताएको छ ।

केएमई ट्राभल्सकाे व्यवस्थापनमा नेपाल आउन खाेजेका यात्रुहरूले उद्दारका लागि सबैलाई आग्रह गरेका छन ।सुरुमा अगस्ट २९ तारिखमा जहाज उडान मिति भनेर पिसिआर त्यहि अनुसार गर्न लगाई अन्तमा सेप्टेम्बर ४ तारिखमा जहाज उडान गरेपछि यात्रुहरु अलमल परेको आराेप समेत व्यवस्थापन पक्षलाई लगाइएको छ ।

हामीलाई स्पष्ट रुपमा समन्वय गरिएन सुरुमा अगस्ट २९ मा उडान भनेर हतारमा पिसिआर रिपोर्ट बनाउन लगाइयो ,अनि सेप्टेम्बर ४ तारिखमा उडान हुदा हतार हतार भयो एक पिडितले बताए ।पिसिआर रिपोर्ट ७२ घण्टा भित्र सम्म मात्रै मान्य हुने गर्छ ।हामीलाई समयमै केएमई ट्राभल्सले सबै सुचना उपलब्ध गराएन त्यहीँ कारणले समस्या आयो ती पिडितले भने ।उक्त ट्राभल्स बिनाेद कुँवरकाे भएको बुझिएको छ ।पिडितहरुले दक्षिण काेरिया र केएमई ट्राभल्सकाे कारणले समस्यामा परेका छाै,व्यवस्थापक विनोद कुँवर सम्पर्कमा छैनन् भनेर सामाजिक सञ्जालमा पाेस्ट गरेका छन ।

याे बिषयमा काेरियाका सामाजिक संघ संस्थाका अगुवाहरुले चर्को आलोचना गर्दै तुरुन्तै समस्या समाधान गर्न चेतावनी समेत दिएका छन ।सेवा भन्दा मेवालाई प्राथमिकता दिदाको परिणाम हो यो भन्दै व्यवस्थापन पक्ष र सहजकर्ताकाे भुमिकामा एनआरएन दक्षिण काेरियाकाे जिम्मेवार नेतृत्व रहेको समेत उनिहरुले आराेप लगाएका छन ।तर एनआरएन दक्षिण काेरियाले यस बिषयमा आफ्नो कुनै संलग्नता नरहेको अनाैपचारिक जानकारी गराएको छ ।धेरैले टिकट खरिद र व्यवस्थापनमा लुट भएको भन्दै नेपाली दुताबासकाे ध्यानाकर्षण समेत गराएका छन ।

अलपत्र नेपालीको नाम

Recent Update