October 27, 2020, Tuesday
२०७७ कार्तिक १२

नयाँ पुस्ताले सैद्धान्तिक ज्ञानको मात्रै हाेइन व्यवहारीक ज्ञानको पनि डिग्री पास गराेस

1.6K

सुरसा खड्का

     हाम्रो देश नेपाल बहुजा”तिय र बहुभाषिक देश हाे ।यहाँ विभिन्न प्रकारका जा”तजा”ति छन् र विभिन्न भाषा भाषि छन। हाम्रो संबिधानमै भाषा भाषि ,जा”त जा”ति प्रति कसैलाई भे”दभाव गर्न नपाइने व्यवस्था छ ।तर संबिधानकाे विपरीत गैरकानुनी रुपमा नेपाली समाजमा जा”तीय वि”भेद र जा”तीय भे”दभाव अझै कायम छ ।संबिधानकाे पालना हामी नागरिकले गर्नुपर्ने र त्यसको कार्यनयन राज्यले गर्नुपर्ने हाे ।तर कार्यनयन र पालनामा राज्य र नागरिक इमानदार नहुदाकाे परिणाम अझै वि”भेद कायम हुनु हाे ।मतलब संबैधानिक तथा कानुनी कुराहरु उलंघन गर्नेहरुलाई राज्यले कडा कार्वाही गर्न नसक्नु यसको परिणाम हाे ।

सामाजिक रुपमा व्याप्त जाति”यताले विश्व सामु नेपाली पहिचान बदनाम भैरहेको छ । शारीरिक संरचना एउटै , एउटै भौगोलिक बनावटमा बस्ने हामी मानव जातिमा किन विभेद? सबै मानब जा”तीलाई सम्मानपूर्वक बाँच्न पाउने हक,स्वतन्त्रताको हक, समाानताको हक र सुरक्षा सम्बन्धी हक, न्याय सम्बन्धी हक,र अ”पराध पिडितको हक जस्ता कानुनी र नितिगत व्यवस्था संविधानको मौलिक हकमा व्यवस्था गरे पनि त्यसको खिल्ली उडाउने हामी नेपाली कहिले परिवर्तन हुने ?

हाम्रो नेपालमा मात्र नभएर विश्व जगतमै जा”तीयताका नाममा कलंकित क्रियाकलापहरु पनि नभएका होइन तर त्यहा परिवर्तन भैरहेका छन । नेलसन मन्डेला पनि अन्तर्राष्ट्रिय कालाजा”ती प्रति भएको अन्याय र घृणालाई उन्मुलन र भेद”भावलाई अन्त्य गर्न त्यत्रो संघर्ष गरिन ।

प्रत्येक बर्षको मार्च २१ लाई अन्तर्राष्ट्रिय जातिय विभेद बिरुद्धकाे यो दिवस मनाइन्छ । यता नेपाली समाजको कुरा गर्दा जा”तीयताको नारा र कुरा अझै घन्किन्छ । परिवर्तन सम्भव छ मात्र सकरात्मक सोचले त्यसकारण यस्ता सोचले मुद्दाहरुर समसामयिक कुराहरुलाई नारामा मात्र सिमित नबनायर वास्तविक परिवर्तन गर्न जरुरत छ । जातीय भे”दभावको पराकाष्टा मात्रात्मक रुपमा बढी र असामाजिक रुपमा अझै बढिराछ । मानिसहरु विभेद र तुच्छ व्यवहार गर्न मै व्यस्त छन र त परिबर्तन प्रति कसैको आखो जादैन । यस्तो जा”तीय बिभेदको फलामे जेलबाट बाहिर आएर हामी एउटै हौ भनेर जातीय वि”भेदको अन्त्य हुन जटिलता सिर्जना हुन्छ ।

किनकी मान्छे भित्रको मा नै नकरात्मकताको जरो गाडिएको छ । जाने बुझेका हरु नै यस्तो वि”भेद प्रतिको कार्यमा अग्रसर छन् ।यद्यपि यो तत्काल हट्छ हटाउछु भन्नु हुट्टीट्याउले आकास थाम्नु सरह नै हुन्छ । आजको २१औ शताब्दीमा नेपालले गरेका संबैधानिक व्यवस्था , नितिगत, कानुनी व्यवस्थाहरु दक्षिण एसियामै अतुनिय छन् । तर संविधानमै सिमित छन् । व्यवहारमा लागु छैनन् यदी व्यवहारमा लागु आउदा हुन् त त्यस्ता अमानवीय घटना घट्ने थिएनन् होला ।

त्यसैले त यि कानुनी लिखितहरु कागजमा मात्रै तटस्थ र धुर्व सत्य जस्तै अडिक छ । वि”भेद, भेद”भाव, अन्याय  नकरात्मक र कुण्ठीत सोचले गर्दा आज साना जाती भनाउदा हरुको सम्मानपुर्वक बाच्न पाउने हक, स्वतन्त्रतापुर्वक बाच्न पाउने हक खोसिएको आभाष हुन्छ। यस्ता नकरात्मक सोचहरु अझै हाबी छन् । नेपाल सरकारले  जा”तियता समानताका लागी गरेका प्रयास तथा  कार्यहरु,नितिहरु व्यवहारीकतामा कार्यान्वयन हुन सकेको छैन् ।

यहि समाजमा जाती”य वि”भेदकै कारण पिडाहरु लुकाएर मानिस दबिएका छन । अ”समानता वि”भेद र भेद”भावको घटनाले गर्दा मानव जाती प्रति घृणा समेत पैदा भएको छ । आज यस्ता वि”भेद अ”समानताले गर्दा हामी एउटै हौ भन्ने शब्द तहसनहस भएको छ, र समानता गुमीरहेको छ ।

            पछिल्लो समय नेपालमा जा”तीयता सँग जाेडिएका नराम्रा घटनाहरु बढेपछि झन नेपाली समाज कहाँ छ भन्ने झस्काएकाे छ ।पिडितले न्याय पाउने ठाउँमा पावर पहुँच हावि छ ।

यसले पिडितले न्याय पाउनुको सट्टा थप पिडितले घाेर अन्याय सहि रहेको छ। यस्ता घटनामा साना जा”ती नै पिल्सिएका हुन्छन् । यसरी द”लितहरु नै जा”तीय वि”भेदको चपेटामा परेका छन् । घोर अपमान र घृणा को पात्र सिकार भैरहेका छन् । यस्तो वि”भेदको मुद्दालाई आम जनमानसले मनन गर्न जरुर छ ।

पछिल्लो चर्चित रुकुमको चौरजहारीको सोतीमा  भएको घटनाले झन नेपाली समाजमा व्याप्त वि”भेदको उदाङ्गाे रुप देखाई दियो । जसमा केटी पक्ष ठकुरी र केटा पक्ष द”लित विच भएको प्रेम सम्बन्ध कारण उक्त घटना घटेको पुष्टि नै भयो ।अनाहकमा युवाहरुले अकालमा ज्यान गुमाउनु पर्यो । यो घटना नै जा”तिय वि”भेद र भेद”भाव, असमानताकाे उदाहरण हो भनेर पुष्टी हुन्छ । नकरात्मक सोचले कुण्ठीत व्यक्तीहरुले गर्दा जा”तीयताका नाममा गरिएका व्यवस्था र सरकारले चालेका कदमहरु प्रभावकारीता र सुधारउन्मुख नभएको पुष्टी हुन आउछ ।

    अझै पनि आमजनमानसमा चेतना अभिबृद्दिमा कमी, व्यवहारीक र सकरात्मक ज्ञानको अभाव, सामाजिक साँस्कृतिक मान्यता जस्ता गतिविधिले गर्दा द”लितलाई सामाजिक रुपमा दबायर राखेको प्रष्ट हुन्छ ।

त्यसैले अबको समाजमा बस्ने सामाजिक प्राणीहरुले किताबी ज्ञानको डिग्री सँगै व्यवहारीक ज्ञानको,जनचेतनामुलक ,सकरात्मक ज्ञानको पनि डिग्री पास गर्नुपर्छ ।तव मात्रै समाज परिवर्तन सम्भावना छ ।

यसलाई नकरात्मक जातीय विभेदको ओझेलबाट माथी निकाल्नको लागी सबै मानवमा चेतना ज्ञान र हामी एउटै हौ भन्ने शब्दलाई मुखले मात्र नभएर हृदयबाट निष्पक्ष रुपमा सबैले मनन गरे परिवर्तन सम्भव छ । जा”तीय वि”भेदका कारण नेपालमा घटेका बदनियतपुर्ण घटनाले विश्व सामु गुमेको नेपालकाे इज्जत फिर्ता ल्याउन सैद्धान्तिक भन्दा व्यवहारीक शैली कार्यनयनमा ध्यान दिओैँ ।

लेखक सुरसा खड्का रुकुम पश्चिम निवासी एमबिएस अध्ययनरत छिन ।

Recent Update