March 1, 2021, Monday
२०७७ फाल्गुन १७

ललितपुरमा प्रेसकाे जकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने नक्कली पत्रकार पक्राउ

377

बिहीबार ललितपुरमा भएको झडपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । महालक्ष्मी नगरपालिका १ का २१ वर्षीय अनिश महर्जन इमाडोलबाट पक्राउ परेका हुन् ।

महर्जनलाई अपराध महशाखाको टोलीले पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । उनी पत्रकार नभएको खुलेको छ । उनलेे क्यामरा भिरेर प्रेसकाे जकेट लगाएर पत्रकारिताकाे बदनाम गरेको खुलेको छ ।उनी कुनै पनि आधिकारिक संचार माध्यममा आबद्ध नभएको स्रोतले बताएको छ ।नक्कली प्रेस,पत्रकार बढेपछि प्रहरीले निषेधाज्ञाकाे समयमा थप चेकजाँच गर्ने भएको छ ।पछिल्लो समय नक्कली पत्रकारकाे संख्या बढेपछि पत्रकार महासंघले पनि प्रहरीलाई यस्ता गतिविधि नियन्त्रण गर्न सहयोग मागेको छ ।

पुल्चोकमा भएको झडप प्रकरणमा प्रहरीले महर्जनसहित १३ जनालाई पक्राउ गर्न सफल भएको छ ।