October 21, 2020, Wednesday
२०७७ कार्तिक ५

रुकुममा नेकपा छाडेर एकै दिन ७० जनाले गरे नेपाली काँग्रेस प्रवेश

2.6K

पछिल्लो समय गाउँमा आफ्ना गतिविधिलाई सक्रिय बनाउदै अगाडि बढेको नेपाली काँग्रेस रुकुमले अन्य विभिन्न पाटी छाडेर आफ्नो पाटीमा प्रवेश गर्नेकाे लहर बढेको जनाएको छ ।

यसै क्रममा रुकुम पश्चिमकाे आठबिसकाेट नगरपालिका १० काे झिनचाैरमा शुक्रबार नेकपा परित्याग गरि ४३ जनाले नेपाली काँग्रेस प्रवेश गरेको नेपाली काँग्रेस आठबिसकाेट नगर सभापति कमल शाहले जानकारी दिए ।उक्त वडा आठबिसकाेट नगरपालिका मेयर गाेर्ख बहादुर केसी सन्देश काे वडा हाे ।

नेकपाका कार्यशैली र पक्षपात पुर्ण व्यवहार बाट आजित बनेर नेपाली काँग्रेस प्रवेश गरेको नव प्रवेशीलाई उदृत गर्दै सभापति शाहले जानकारी दिए।

।यस्तै शुक्रबार नै जिल्लाकाे पश्चिम चाैरजहारी नगरपालिकामा पनि २७ युवाहरुले नेकपा परित्याग गरि नेपाली काँग्रेस प्रवेश गरेको काँग्रेसले जनाएको छ । चाैरजहारी नगरपालिका ४ अमलटाकुरामा आयाेजित कार्यक्रममा २७ जना युवाले प्रवेश गरेको नेपाली काँग्रेसका नेता तिलक भण्डारीले जानकारी दिए ।नव प्रवेशीलाइ पाटी सभापति प्रेम प्रकाश ओली,नेता तिलक भण्डारी ,नगर सभापति परमेश्वर भण्डारी आदीले स्वागत गरेका थिए ।

Recent Update