January 23, 2021, Saturday
२०७७ माघ ११

आत्मविश्वासका साथ काम गर्न निर्देशन

75

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मिडियामा आएका हल्लाको पछाडि नलागी आफ्ना नियमित काममा ध्यान दिन मन्त्रीहरूलाई निर्देशन दिएका छन्  । शुक्रबारको मन्त्रिपरिषद् बैठकमा उनले भने, “हल्लाको पछाडि नलाग्नुस्, आफ्नो कार्यसम्पादनमा ध्यान दिनुस् ।”

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हल्लाको पछाडि नलागी आत्मविश्वाससाथ काममा ध्यान दिन मन्त्रिपरिषद् सदस्यहरूलाई प्रधानमन्त्रीबाट निर्देशन भएको जानकारी दिए । बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् सदस्यको रूपमा राष्ट्रका लागि महìवपूर्ण भूमिका निर्वाह गरेकामा मन्त्रिपरिषद् सदस्य डा. युवराज खतिवडालाई धन्यवाद व्यक्त गरे । बैठकमा मन्त्रीको हैसियतमा आफ्नो अन्तिम बैठक भएको जानकारी दिँदै डा. खतिवडाले मुलुकको सेवा गर्ने अवसरप्रति प्रधानमन्त्री ओलीलाई धन्यवाद व्यक्त गरे ।