June 17, 2021, Thursday
२०७८ असार ४

रुकुम पश्चिममा एकै दिन १९ जना काेराेना जितेर घर फर्किए

149

रुकुम पश्चिममा आज एकैदिन १९ जना कोरोनालाई जितेर घर फर्किएका छन। यसअघी कोरोना संक्रमित भई जिल्लाका विभिन्न सँस्थागत तथा होम आइसोलेसनमा बसेका १९ जनालाई डिस्चार्ज गरिएको छ । जिल्ला अस्पताल सल्लेको आइसोलेसनबाट चार जना,आठविसकोटनगरपालिकाकोआइसोलेसन बाट ६ जना र होमआइसोलेसनमा बसेका ९ जना कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका हुन ।

कोरोना संक्रमित भई आइसोलेसनमा बसेका जिल्ला प्रहरी कार्यालयमा कार्यरत तिन जना प्रहरी र अर्का एक पुरुष सहित जिल्ला अस्पतालको आइसोलेसनबाट चार जनालाई डिस्चार्ज गरिएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फाेकल व्यक्ति इश्वर रावलले जानकारी दिएका छन ।

फोकल पर्सन रावलका अनुसार आठविसकोट नगरपालिकाको आइसोलेसनमा बसेका ६ जना पनि १४ दिन पुरा गरी घर फर्किएका छन । यस्तै कोरोना पुष्टि भै होम आइसोजेसनमा बसेका मुसिकोट नगरपालिकाका ९ जनापनि डिस्चार्ज भएका छन ।

यस सँगै जिल्लामा कुल संक्रमित ६४ जना मध्ये निको हुनेको सङ्ख्या ५५ पुगेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । हाल जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या ९ रहेको र उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको फोकल पर्सन रावलले जानकारी दिएका छ्न।

Recent Update