April 12, 2021, Monday
२०७७ चैत्र ३१

हामी मानिसका गतिविधि, प्रकृति र महामारी

411

सिताराम सराेज तिमल्सिना

चौधौं शताब्दीको मद्यतिर युरोप अफ्रिका  र एसियामा एउटा महामारि फैलिएको थियोे, ब्लाकडेथभनिने त्यस माहामारिले बिश्वको एक तिहाइ जनसंख्याको ज्यान लिएको थियो । अहिलेकाे महामारी फैलिएको मितिले एक शताब्दि  अगाडि सन १९१८ देखि १९२०को अन्तरालमा  स्पेनिशफ्लु  इन्फ्लुएञ्जानामको महामारीले भयाबह रुपलिएको थियोे ,त्यो भाइरस अमेरिकाको कान्सास भन्ने शहरबाट फैलिएको थियो ,पहिलो बिश्वयुद्ध १९१४  जुलाइ देखि १९१८ नोभेम्बर सम्म चलेको थियोे ,त्यस युद्धमा बिश्वभर  ठुलो धन जनको क्षति भएसंगै   त्यस युद्धमा सामेल भएर   एकै ठाउँमा बसेका सैनिक अखडामा यो रोग फैलिएको थियो ।

द्रुतगतिमा फैलिएर २५ हप्ताको अन्तरमा करिब २ करोड मानिसको  मृत्यु भैसकेको थियोे। बिश्वभर यस महामारी बाट ५ करोड भन्दा बढिको मृत्यु भएको थियोे ,यसकाे मृत्युदर २०% रहेको थियो ।  तत्कालिन अबस्थामा बिश्व युद्धको घाँउ सेलाउन नपाँउदै  बिश्व रोग भोकको  महामारीको  दलदलको चपेटामा  फसेको थियो |

अहिले ठिक एक शताब्दि पछि फैलिएको यो महामारी,२०१९  डिसेम्बर    चिनको हुबेइ प्रान्तको वुहान  बाट मानब शरिरमा  देखा  परेको  फ्लू जस्तो देखिने तर  २००२  मा देखियको  सार्स २००९ देखीएको स्वाइनफ्लुभन्दा  नौलो प्रकृतिको  अज्ञात रोगका कारण संक्रमित बिरामीमा  निमोनिया भएको  त्यहाँ स्थित  बिश्व स्वास्थ संगठन  (WHO)  कन्ट्री अफिसमा  रिपोर्ट गरिको थियोे।

   केहि मिल्दा जुल्दा सिन्ट्रोमहरु भएपनि कोरना भाइरस (covid 19) यो बिगतका केहि बर्षमा देखीएका रोगहरु भन्दा बिल्कुलै फरक अत्यन्तै द्रुतगतिमा फैलिएको सिंगो मानब सभ्यतालाइ नै ठाडो चुनौति दिदैं पुरै बिश्वभर माहामारीको  रुपमा फैलिरहेकोछ ।  बिश्वका सानाठुला गरेर करीब दुई  सय भन्दा बेशि मुलुकहरुमा यो भाइरसले प्रबेश गरेता पनि हाल १८३ मुलुकमा संक्रमित रहेका छन | 

नेपाल पनि यसबाट अछुतो रहन सकेन , यति बेला नेपालमा कोरोनाको त्रासले  नेपाली समाजलाई उठ्नु न बस्नु बनाइरहेको छ , नेपालमा हाल सम्म संक्रमितको संख्या ४५२७७ पुगेको छ ।

बिश्वका शक्तिमान राष्ट्रहरु  आफ्नो ल्याकतले भ्याए सम्म covid 19 नियन्त्रणका उपाए अपनाउदै  विभिन्न स्रोत साधनको उन्नत  प्रयोग ,विभिन्न खोज अनुसन्धानहरु भैरहेको जनाएका छन ।  तर हाल सम्म एकिन यो रोगको कुनै  भ्याक्सिन( खोप )  पत्ता लागि नसकेको तर  रुस , चिन लगाएतका मुलुकमा खोपको ट्रायल परिक्षण  भएको समाचारहरु आइरहेता पनि  हालसम्म  यसबाट बच्न बिश्व  स्वास्थ  संगठनले  जारी गरेको स्वास्थ मापदन्डमा  आधारित  रहेर तथा केहि  रास्ट्रहरुले आफ्नो थप आइडिया र प्रबिधिजोडेर , संक्रमितको बिरामीको सिंन्ट्रोमको उपचार गर्दै आइरहेका छन ।

हाल सम्म बिश्व भर कोरोनाबाट संक्रमितको संख्या २६,५७६७५५ रहेको   छ भने मृत्युको संख्या ८७३९७८ रहेको छ। प्रतिशतको हिसाबले  मृत्युदर अत्यन्त न्युन मानिन्छ बिगतका माहामारिको तुलनाको हिसाबले |

   के कारणले गर्दा  यस्ता रोगहरु देखा पर्दछन ?

प्रकृति स्वयम सास्वत सत्य छ, यो निरन्तर चलिरहन्छ । जब प्रकृतिका विरुद्धमा मानब सभ्यता जाइलाग्दछ ,प्रकृति माथि हानिपुर्याउने मानिसमाथि  प्रकृति आइलाग्दछ |,  

यो अहिलेको भाइरसलाइ हेरौ यो चिनको बुहानको ,मासु बजारबाट सुरु भएको भाइरसले कति भयाबह रुपलियो  सुरुका  मानिसका दिन चर्या र अहिलेको मानिसको दिनचर्या आकाश जमिनको फरक छ। कल्पना गरौ त ,किन यस्ता बिपत्तिहरु आइ लाग्छन ? हो मानिसले जे गर्न हुदैन थियो त्यहि गर्यौ, १०२ बर्ष पहिले स्पेनिशफ्लुले माहामारिको रुप लिदा भर्खरै पहिलो बिश्वयुद्धले बिश्राम लिदै थियो  । युद्धमा बिश्वभर  ठुलो धनजनको क्षति  भयो ।

लगत्तै स्पेनिशफ्लुको महामारीले ५ कोरोड मानिसको ज्यान लियो र प्रकृतिले सन्तुलनमा ल्याइदियो । किनकि प्रकृति माथि अस्त्र शस्त्र गोलाबारुद्व को प्रयोग ,जलथल हवाइ सबै आक्रमण लामो समय चले ति युद्धमा प्रयोग हुने  विषादियुक्त  अणु एटम जस्ता रसाएनको प्रयोगले  ,पृथ्वीमा भएका  जिब जन्तु मानिसलाइ ठुलो असर पुर्यायो र माहामारिफैलियो |

अहिलेको माहामारी अलि फरक प्रकृतिले फैलिएको  छ ।मानिसले जे गर्न हुदैन थियोे त्यहि गर्दै  छ जे गर्नुपर्ने हो त्यो गर्न छाडेको छ । जिब जन्तु पन्छिलाई मानिसले  प्रकृतिसंग खोसेर मार्न थाल्यौ।सर्प भ्यागुता ,बिछि ,चमेरा जस्तापन्छि सिंगै काँचै निल्न थाले ,प्रकृति जिब जगतलाई पीडा   भयो |

खान,हुनेपनि खानेथाले ,खान नहुने पनि खान थाले त्यसपछिका  परिणामहरु यस्तै आँउछन, अब नसुध्रने हो भने मानब जातिलाई पृथ्वीमा बाच्नँ धेरै  गाह्रो हुनेछ । पृथ्वीमा देखा परेको जलबायु परिबर्तनको असर मानबिय चाप ,प्रकृति माथिको अन्याय  कारक तत्त्व यिनै हुने छन |  यो माहामारिले मानबिय संकट निम्त्याएको छ ।कति मानबिय क्षतिहुने कहिले नियन्त्रण हुने यसको कुनै अनुमान गर्न कठिन छ । बिश्वका शक्तिमान  राष्ट्रहरु पनि यतिबेला बिज्ञान माथि ठुलो चुनौति आइलागेको बताउँछन ।

अस्त्र शस्त्र बने विभिन्न यान बने  प्रबिधि टेक्नोलोजीको आविस्कार भयो । तर सानो अदृश्य भाइरसले बिश्वलाई त्राइ त्राइ बनायो पुन: एकपटक शताब्दि अगाडिको मानिसको दैनिक  जिबन यापनलाइ प्रकृतिले स्वंयम हिंडाउँन खोजेको आभास भैरहेको छ |

 अब मानब जाति कसरी सुध्रनेत ? सुरुमा मानिसहरु दुइ सय बर्ष बाच्थे भनिन्छ , तत्कालिन समयमा मानिसहरुको रहन सहन फरक थियो । अहिले पनि आफ्नो स्वास्थलाई प्रकृतिसँग लुकामारी गर्दै ,प्रकृतिको काखमा रमाउँन जान्नेहरु लामो समय करिब सय बर्ष भन्दा माथि सम्म पनि बाँचेका छन । एकाध हाम्रो समाजमा अझै देख्नपाइन्छ | जो प्रकृतिको बिरुद्धमा लाग्छ प्रकृतिसंग हिड्न जान्दैन, त्यो संकटमा परेको छ। प्रकृतिले दिएको शुद्व आहार भोजन गरौ स्वस्थताको लागि  शुद्धता ,स्वछन्दन्ता ,शारीरिक स्फुर्तिकालागि ध्यान योग  साधनानै यस्ता संकटबाट बच्ने उपाए हुन ।

अहिले यो भाइरस संक्रमण हुने आधारलाई हेर्ने हो भने हातमिलाउनु  अंकमाल गर्नु हंग्स गर्नु चुम्बन गर्नु  एकै ठाउँमा भद्रगोल भएर जम्मा हुनु,  भनेको आत्माघाति काम  साबित भएको छ ।तसर्थ बिकसित मानिने  पश्चिमा मुलुकहरुले पनि,  यो पूर्वीय दर्शनले देखाएका बाटाहरु बास्तबिक बैज्ञानिक र प्रकृति संम्बत भएको कुरा बारम्बार औल्याएका छन । त्यसैले यसबाट सुरक्षित हुन अपनाउने रणनीतिहरु पुर्ण पालना गराै ,आफू पनि बाँचाै र अरुलाई पनि बचाउ ।

         (  लेखक सिताराम सराेज तिमल्सिना सामाजिक अभियान्ता तथा नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका प्रबक्ता समेत हुन )