October 27, 2020, Tuesday
२०७७ कार्तिक १२

गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि

87

काठमाडौं – गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

कास्कीको क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, चितवन मेडिकल कलेज, चितवन र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ६७ जना थपिएका हुन्।  जस अनुसार कास्की जिल्ला, पोखरा महानगरपालिकाका २ जना महिला पार्कल्याण्ड अस्पताल, अमरसिंह चोकमा कार्यरत स्वास्थ्यकर्मी (स्टाफनर्श) पनि छन्।

यसै गरी लमजुङ जिल्ला, बेशीसहरका २ जना रिलायन्स फाईनान्समा कार्यरत कर्मचारी छन्।  योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २५१४ पुगेको छ। 

Recent Update