October 27, 2020, Tuesday
२०७७ कार्तिक १२

समाजमा रहेका अदृश्य विकृति र हाम्रो दायित्व 

948

सुुरसा खड्का

  हाम्रो नेपाली समाजमा धेरै खाले वि”भेद तथा सामाजिक वि”कृतिहरु ब्याप्त छन । ती विकृति तथा वि”भेदका विरुद्ध धेरै प्रयासहरु भएका छन ।जा”तीय वि”भेद अन्त्यकै लागि नेपालमा गरिएका प्रयासहरु कम छैनन् ।विभिन्न जिल्लाहरु छुवा”छूत मुक्त जिल्लाहरु घाेषणा भैसकेका  छन ।नेपालकाे कानुनले नै छु”वाछूत तथा जा”तिय वि”भेदलाई गैरकानुनी भनि सकेको छ ।तर विडम्बना व्यवहारमा यसको कार्यनयन हुन सक्दैन ।समाजमा वि”कृतिहरु हटन नसक्नु मुख्य विषय व्यवहारीक कार्यनयन हुन नसक्नु नै रहेछ ।हाम्रो समाजमा विभेदहरु खालि जा”तिय विभेद मात्रै छैनन् ।नेपाली समाजलाई अन्तर्राष्ट्रिय स्तरमा समेत बदनाम गराउने वि”भेद तथा कुरिति संस्कारहरु छन ।

अनेक खालका वि”भेदहरुले हाम्राे नेपाली समाजलाई गाँजेको छ ।महिला माथिकाे वि”भेद ,गरिव माथिकाे विभे”द ,पिछडिएका वर्ग माथिको वि”भेद ,सामाजिक र परम्परागत साँस्कृतिक वि”भेद आदि समाजका मुख्य  वि”कृति हुन ।यी सबै विकृति अन्तकाे लागि धेरै पहिला देखि नै विभिन्न व्यवस्था तथा प्रयासहरु भए ।झट्ट हेर्दा समाजमा यी व्याप्त छैनन् कि जस्तो लाग्छ ,तर यी विकृति यसरी समाजमा जरा गाँडेर बसेका छन कि जसले बेला बेला नेपाली समाजलाई झस्काउछन ।

दलि”तको अधिकार सुनिश्चित गर्न राष्ट्रिय दलि”त आयाेग छ,महिलाको अधिकार सुनिश्चित गर्न राष्ट्रिय महिला आयाेग छ,समग्र अधिकारकाे पक्षमा बाेल्न राष्ट्रिय मानव अधिकार आयोग छ तर समस्या बेला बेला किन जटिल रुपमा प्रस्तुत हुन्छन् ? सबैभन्दा सचेत र इमानदार हामी नागरिक बन्न जरुरत छ ।राज्यले बनाएका नियम कानुनकाे पालना र कार्यनयनमा हामी सबैभन्दा पहिला जाग्नु पर्छ ।जब नागरिक र राज्य कानुनी सबलिकरणकाे पक्षमा तालमेल हुन्छ तब मात्र समाज र राष्ट्रकाे हित हुन्छ । राज्य नागरिक प्रति उत्तरदायी र नागरिक राज्य प्रति कर्तव्यबोध हुन्छ अनि कानुनी राज्य स्थापना हुन्छ ।


याे युगमा पनि हामीले महिला समानताकाे आवाज उठाउनु पर्ने? जाति”य विभेदकाे बिरुद्धमा नारावाजी गर्नुपर्ने ? जातिय विभेदकै कारणले ज्यान गुमाउनु पर्ने ? बाे”क्सि तथा महिला हिं”साको पीडा खेप्नु पर्ने ? हामी कहिले माथि उठने ? यस्ता प्रश्नहरु कहिले सम्म रहि रहने ? यसको अन्तका लागि एउटै पक्ष बलियो हुनुपर्छ ,त्यो भनेको समाजका शिक्षित वर्गले व्यवहारमा कार्यनयन ।जब व्यवहारमा कार्यनयन हुदैन तब यी समस्या समाजमा रहि रहने छन ।त्यसैले प्रत्येक नागरिकले आफ्नो दायित्व र कर्तव्य सम्झेर सामाजिक वि”कृतिका बिरुद्ध आफ्नो ठाउँबाट जिम्मेवारी वहन गर्नुपर्छ ।

लेखक सुरसा खड्का रुकुम पश्चिम निवासी एमबिएस अध्ययनरत छिन ।


Recent Update