March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९

नेकपा सचिवालय बैठक मंगलबार चार बजे बस्दै

146

फाइल फाेटाे


सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक मंगलबार ४ बजेका लागि बोलाइएकाे नेताहरूले जानकारी दिएका छन । बैठक बोलाउन नेताहरु बाट यस अगाडी चर्को दबाब आएको थियो ।

गत चैत ५ गते बसेको नेकपा सचिवालय बैठक त्यसयता बस्न सकेको थिएन । बैठक बोलाउन ढिला भएको भन्दै नेताहरुले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालप्रचण्डलाई दवाव दिदै आएका थिए । पछिल्लो समय स्वास्थ्यसामग्री खरिद लगायतका विषयमा सरकारले पार्टीमा कुनै छलफल नगरेको भन्दै नेताहरुले असन्तुष्टि जनाएका थिए ।