April 19, 2021, Monday
२०७८ बैशाख ६

रुकुम पश्चिममा १ जनामा काेराेना पाेजेटिभ

316

रुकुम पश्चिममा थप १ जनामा काेराेना भाइरस संक्रमण पाेजेटिभ देखिएको छ ।गत भदौ १५ गते संकलन गरिएको
स्वाब परिक्षणमा मुसिकाेट नगरपालिका १ जनामा पुन: पााेजेटिभ देखिएको हाे ।

यस्तै बाँफिकाेट गाँउपालिका ९० र मुसिकाेट नगरपालिकाका १ सय ४५ जनाकाे रिपोर्ट नेगेटिभ आएको काेराेना राेग फाेकल व्यक्ति इश्वर रावलले जानकारी दिए ।
रावलका अनुसार जिल्ला मा जम्मा संक्रमित ६५ पुगेको छ।यस्तै सकृय संक्रमित १० जना छन । बाँकि ५५ जना निकाे भएर घर गैसकेका छन ।