May 15, 2021, Saturday
२०७८ जेष्ठ २

रुकुम पश्चिममा १६ किलो अ”फिम सहित प्रहरी द्वारा ३ जना पक्राउ

530

रुकुम पश्चिम प्रहरीले १६ किलो अबैध अ”फिम लागू ओै”षध सहित तिन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार भदौ २० गते साँझ आठबिसकोट नगरपालिका एरियामा लागू औ”षध कारोवार भैरहेको गोप्य सुचनाको आधारमा उनीहरूलाई अनुसन्धान गर्ने क्रममा पक्राउ गरिएको हाे ।

आठबिसकोट नगरपालिका ५ जलिगार्डमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिप्रका रुकुम पश्चिमबाट खटिएको संयुक्त टाेलीले रितपूर्वक खानतलासी गर्दा निजहरुले बोकेको झोलाबाट १६ के.जी. लागु औ”षध (अ”फिम) सहित उनीहरुलाई पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरुमा जाजरकोट नलगार्ड नं.पा.९ बस्ने बर्ष ३७ को प्रेम बहादुर सिंह साेहिका बर्ष ४० को मान बहादुर सिंह र बर्ष ३२ को तप बहादुर सिंहलाई पक्राउ गरेको हाे ।उनीहरुलाई थप अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ठग बहादुर केसीले जानकारी दिए ।