January 23, 2021, Saturday
२०७७ माघ ११

आइतबार थप ९८० जनामा कोरोना संक्रमण पुष्टि

146

आइतबार थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर पछिल्लो २४ घण्टामा संख्याका संक्रमित थपिएका हुन्। हालसम्म संक्रमित हुनेको संख्या ४६ हजार २ सय ५७ पुगेकाे छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८ सय १४ जना कोरोनामुक्त भई विभिन्न अस्पतालका आइसोलेसनबाट डिस्चार्ज भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या २८ हजार ९ सय ४१ पुगेकाे छ।

देशभर हाल सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।
विगत २४ घण्टामा ९ मृतकमा कोरोना पुष्टि भएको छ। यी सहित हालसम्म कोरोनाबाट २८९ जनाको मृत्यु भएको छ।