January 17, 2022, Monday
२०७८ माघ ३

बिपी १०७ औं जन्म जयन्ती: रचनात्मक कार्य गर्न नेविसंघको परिपत्र

109

काठमाडौं-नेपाल विद्यार्थी संघले बिपी कोइरालाको १०७ औं जन्म जयन्तीमा रचनात्मक कार्य गर्न मातहतका संगठनलाई परिपत्र गरेको छ।

बुधबार परेको बिपी जयन्तीमा कोइरालाको योगदान तथा व्यक्तित्वका बारेमा गोष्ठी, छलफल, वेबिनार गर्ने बताइएको छ।

संघले वृक्षारोपण, रक्तदान, वृद्ध र बिरामीहरुलाई फलफूल वितरण गर्न तल्लो तहका संगठनलाई निर्देशन दिएको छ।