June 17, 2021, Thursday
२०७८ असार ३

नागरिकका रक्षक हामी हजारौं कमल घिमिरेहरु…….

749

सितल गिरी

भदौ १८ गते ललितपुरको पुल्चौकमा कोरोना भाइरसको महामारीका बीच ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवान माथि भएको कु”टपिटको दृश्यले मर्माहत बनायो । उक्त शैलीकाे जति निन्दा गरे पनि कमै हुन्छ । हामीलाई हाम्रो सुरक्षाको लागि जतिबेला पनि चाहिने नेपाल प्रहरीलाई दुश्मन देखेर त्यस्तो व्यवहार गर्नेहरुले आफ्नै खुट्टामा ब”ञ्चराे हानेकाे ठान्नुपर्छ ।

कमल प्रसाद घिमिरे माथिकाे आ”क्रमण सिंगो ट्राफिक प्रहरी माथिकाे आ”क्रमण हाे,सिंगो नेपाल प्रहरीमाथिकाे आ”क्रमण हाे । जसले आक्रमण गरे उनकै सुरक्षा विना पुर्वाग्रह घिमिरेका साथीहरूले कर्तव्यबोधका साथ गर्ने छन ।नेपाली समाजले नेपाल प्रहरीलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन आवश्यक छ । राज्यको अभिन्न अंग बनेर नागरिकको जिउ धनकाे सुरक्षाको लागि दिनरात ,दुख ,सुख नमानेर फिल्डमा खटिएका प्रहरीलाई कु”टपिट गर्ने कार्यकाे चारै तिर बाट निन्दा भयो ।तर अरुको त्यस्तै कु”टपिट भएको भए आन्दोलन हुन्थे हाेला,सडक तातिरहेका हुन्थे हाेला ,तर कमल घिमिरेले उक्त कु”टाइ हाँसेर पचाए ।

हामि हाँसि हाँसि अहोरात्र समाज र राष्ट्रको सुरक्षाका निमित्त खटिई रहने छौं ।आफ्नो घर परिवार नभनि राज्यकाे आदेश अनुसार हरेक सडक तथा गाउँ स्तरका कुना काप्चामा दिनरात उचित साधन श्रोत विना नै आम नागरिकको जीउ धनको सुरक्षा तथा सुरक्षित समाज निर्माणका लागि खटिएका नेपाल प्रहरी ।

समुदायका जनताहरु ढुक्क संग निदाउन पाउँन भनी हामी हजारौं कमल घिमिरेहरुको कर्तव्य भनेको डट्ने र खट्ने हो। रातभरी राज्यका हरेक चोक तथा गल्ली गल्लीहरुमा पहरा दिन पाउँदा आफुलाई गौरव गर्दछौं । समाजमा अ”पराध न्यूनिकरण गर्न, शान्ति सुरक्षा अमनचयन कायम राख्न, समुदाय संगको समन्वय र सहकार्यमा सुरक्षित एवम् समुन्नत समाज निर्माणका निम्ति जस्तोसुकै परिस्थितिमा पनि २४ सैं घण्टा हामी हजारौं राष्ट्र सेवक कमल घिमिरेहरु राज्यका हरेक कुना काप्चामा खटिई रहने छौं । नेपाल राष्ट्र र नेपालीको जय होस्, जय नेपाल !

नाम सितल गिरि
हाल : काठमाडौ न्युरोड