October 28, 2020, Wednesday
२०७७ कार्तिक १३

गुडिरहेको गाडीमा टिकटक बनाउने मू”र्ख चालक यी पो रहेछन्

735

पहाडतिरको कच्ची सकडमा एक सरकारी गाडी गुडिरहेको हुन्छ । चालक एक्कासी गाडी बाहिर निस्कन्छन् । तर गाडी गुडिरहन्छ । चालक गुडिरहेको गाडीको अगाडि बोनमा चढ्न खोजिरहेका हुन्छन् । गाडी सडकको डिलतिर गइसकेपछि उनी भित्र पस्छन् र आफ्नो सिटमा बसेर नियन्त्रणमा लिन्छन् । अगाडि कसैले भिडियो खिचिरहेको हुन्छ ।  

००१ झ ००९१ नम्बरको सरकारी प्रयोग गरी बनाइएको यो टिकटिक भिडियो अहिले निकै भाइरल भइहरेको छ। भिडियो हेरेर धेरले यो भिडियो बनाउने को होलान् ?  कति मूर्ख काम गरेका ? धन्न दुर्घटना भएन ? जस्ता प्रश्न गरिरहेका छन् । त्यसरी सरकारी गाडीको दुरुपयोग गर्नेलाई कारबाही गर्नुपर्ने माग पनि धेरैको छ । भिडियो यहाँ छ

यस टिकटकमा प्रयोग भएको सरकारी गाडीको पहिचान भएको छ । यो कालिकोटको शुभकालिका गाँउपालिकाले प्रयोग गर्दै आएको गाडी  रहेको खुलेको छ । टिकटक बनाउने युवा सोही गाडीका चालक उमेश धिताल हुन् । यो भिडियो भिडियो सार्वजनिक भएपछि गाउँपालिकाले चालकलाई यसबारे स्पष्टिकरण सोधेको थियो।

ती चालकसँग सोधपुछ गर्दा आफूले गाडीमा टिकटक बनाएको र अबदेखि यस्तो गल्ती नगर्ने भनी माफी मागेको गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईले बताए । ‘मैले भिडियो हेरेपछि ड्राइभरलाई बोलाएर सम्झाएको छु । अब आइन्दा यस्तो गर्दिन भन्ने कुरा गर्नुभयो ।’ याे खबर अन्नपूर्ण पाेस्टकाे अनलाइनमा प्रकाशित छ ।भिडियो याे लिङमा छhttps://www.youtube.com/watch?v=A_hk-C9-W8U&feature=share

Recent Update