May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४

नेपालमा कोरोनाबाट आज थप ११ जनाको मृत्यु, मृतकको संख्या ३०० पुग्यो

196

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ ।

मन्त्रालयका अनुसार यसअघि आइतबार हिजो ७ जनाको मृत्यु भएको थियो ।

यसअघि शनिबार ३ महिला र ६ पुरुष गरी ९ जनाको कोरोनाले मृत्यु भएको थियो ।