मनाेज डाँगी ,रुकुम पश्चिम
रुकुम पश्चिम बाफिकोट गाउँपालिका रहेको स्यार्पु बहुमुखी क्याम्पसको भवनमा १२ बेडको आइसोलेनन कक्ष निर्माण गरिने भएको छ । कोरोना महामारिका कारणले आउन सक्ने समस्यालाई मध्यनजर गर्दै बाँफिकोट गाउपालिकाले उक्त क्याम्पसमा आइसोलेशन कक्ष निर्माण गर्न लागेको हाे ।
बाँफिकोट गाउँपालिका अध्यक्ष धर्म बहादुर केसीका अनुसार गाउँपालिका अस्पताल नजिकै रहेको स्यार्पु बहुमुखी क्याम्पसको खाली भवनलाई उपयोग गरी आइसोलेशन कक्ष निर्माण गर्न लागिएको छ । अस्पताल नजिकै भएकाले उक्त भवन उपयुक्त देखिएको अध्यक्ष केसिको भनाई रहेको छ । अहिले तत्काल भवन निर्माण गर्न सम्भव छैन । क्याम्पसको भवन खालि भएकाले तत्काल त्यसैलाई उपयोग गरेका छौं, अध्यक्ष केसिले भने ।
जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमका डाक्टर राजकुमार भूजेल, कोरोना रोग नियन्त्रणक फोकल पर्सन इश्वर रावल बाफिकोट, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश गुरुङ ¸ लगाएतकाे संयुक्त टोलिले आइसोलेसन निर्माण गरिने भवनको स्थलगत अनुगमन समेत गरेको छ ।
उक्त आइसाेलेसन कक्ष ४ दिन भित्रैमा तयार गरिने छ । अनुगमनका क्रममा जिल्ला स्वास्थ्य कार्यालयका रुकुम पश्चिमका डाक्टर राज कुमार भुजेल आगामी दिनमा प्राबिधिक तथा अन्य सहयोगको लागि स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।