September 19, 2021, Sunday
२०७८ आश्विन ३

एनआरएनए अमेरिकाज क्षेत्रकाे ज्ञान भेलामा अज्ञान व्यवस्थापन

346

शुक्रबार सुरु भएको गैर आवासीय नेपाली संघ, अमेरिकाज क्षेत्रकाे क्षेत्रीय वैठक तथा दोस्रो क्षेत्रीय ज्ञान भेला चरम लापरबाही र गम्भीरत्रुटीका साथ सम्पन्न भएको छ ।कार्यक्रमकाे नाम ज्ञान भेला भएपनि आयाेजकले प्राविधिक कुरामा त्रुटि नै त्रुटि घुसाउदा सिङ्गो कार्यक्रम नै अज्ञान भेला जस्तै भयो ।

क्षेत्रीय नेतृत्व र एनसीसी क्यानडाकाे नेतृत्वले महिला सहभागीता देखि कार्यक्रमका धेरै पक्षलाई ख्याल नगर्दा कार्यक्रम निकै विवादास्पद र चर्को आलोचनाकाे दलदलमा फस्याे ।केन्द्रीय अध्यक्ष कुमार पन्तले पटक पटक माफि माग्दै आउदा दिनमा यस्ता अज्ञानता त्रुटी नगर्ने कसम खानु पराे ।

उक्त कार्यक्रमकाे के हाे त त्रुटि ?

पहिलो त्रुटी हाे कार्यक्रममा महिला सहभागीता ।उक्त कार्यक्रममा महिला प्रतिनिधिकाे लागि कार्यक्रममा कुनै समय छुट्याइएको थिएन ।यसको जिम्मा क्षेत्रीय संयाेजक राजन त्रिपाठीकाे भए पनि एनसीसी क्यानडाकाे नेतृत्व हावि भएको हुदा महिला सहभागीता कटाैति भएको महिलाहरुकाे बुझाई छ । जुम भिडियो मार्फत भए पनि कार्यक्रमकाे सबै बिधि पुर्याउनु पर्छ भन्ने हेक्का आयाेजक पक्षलाई थाहा थियौ नै ।तर महिला सहभागिता, समानुपातिक र समाबेशिकरण, समान सहभागिता जस्ता कुराहरुमा वास्तै गरिएन ।

यहीँ बिषयलाई लिएर एनआरएनएकाे विभिन्न पदमा बसेका महिला पदाधिकारीहरुले कार्यक्रम सुरुवात पुर्व नै सबैले साँकेतिक विरोध स्वरुप विज्ञप्ति निकालेर नेतृत्वकाे ध्यानाकर्षण गराए।कार्यक्रम सुरु हुनुपुर्व पटकपटक यस विषयमा अनुरोध पनि गरिरहे । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई प्रमुख अतिथि बनाउदै आयाेजकले कार्यक्रम उद्घाटन गरे ।त्यतिबेला सम्म महिला पदाधिकारीहरु सँग न एनआरएनएकाे केन्द्रीय नेतृत्वले समुन्वय गर्न सक्याे ,न आयाेजक न एनसीसी क्यानडाले नै ?

जानि जानि महिला सहभागीतालाई दबाउन खाेजेकाे भन्दै मुख्य जिम्मेवार पदमा रहेका महिला पदाधिकारीहरु शुक्रबार देखि शनिबार सम्म भेलाका कुनै शेसनमा सहभागी भएनन् ।मागमा नेतृत्व गम्भीर नभएपछि दर्जन बढि महिला नेतृत्वले चुनावमा घाेषणापत्रमा उल्लेख गरेका महिला सहभागीताकाे बिषयमा के प्रतिबद्धता थिए एकपटक पढनुहाेस भन्दै कार्यक्रम बहिष्कारको घाेषणा गरे।

यसरी महिला सहभागीताकाे दराे आवाज उठाउनेहरुमा महिला विभाग संयोजक भोमा लिम्बु, अन्तर्राष्ट्रिय समन्वय परिषद कि उपाध्यक्ष रविना थापा ,एनसीसी महिला संयाेजक दीक्षा बस्नेत ,महिला हिंसा तथा याैन दुर्ववहार न्युनिकरण समिति संयाेजक दिपिका भुसाल ,अमेरिकाज क्षेत्रीय युवा संयाेजक बिमला सापकोटा,अमेरिकाज क्षेत्रीय महिला संयाेजक उमा कार्की ,देखि क्यानडा क्षेत्रका विभागका जिम्मेवार महिला पदाधिकारीहरु थिए ।कार्यक्रम सम्पन्न भए पनि याे बिषय सेलाएकाे छैन ।यहि बिषयलाई लिएर आयाेजक पक्षको व्यापक आलोचना भैरहेको छ ।

ज्ञान सम्मेलन अज्ञान व्यवस्थापन

एनआरएनए जस्तो ७० लाख बढि सदस्य रहेको संस्थाले आफ्नो काेषाध्यकाे र उपाध्यक्षकाे नाम मिस्टेक गर्नुलाई सामान्य प्राविधिक मिस्टेककाे रुपमा मात्रै लिन सकिन्न ।

अतिथि छनाैट देखि व्यानरमा अतिथिकाे पदिय जिम्मेवारी पनि आयाेजकले नजानेर लेख्नु हदै सम्मको लापरबाही हुनुपर्छ । काेषाध्यक्ष महेश श्रेष्ठलाई उपाध्यक्ष भनेर व्यानरमा उल्लेख गरिएकाे थियोे ।आयाेजक यति भद्रगोल अवस्थामा फसेछ कि व्यानरमा आफ्नै केन्द्रीय जिम्मेवार पदाधिकारीकाे नाम समेत थाहा पाउन सकेन । समाचारमा उक्त विषय आएपछि भाेलिपल्ट अर्को व्यानर राखियो ।

यस्तै व्यानरमा आफुलाइ खबर नै नगरि अतिथिकाे फाेटा सार्वजनिक गरिएको भन्दै कमला पन्तले आपत्ति जनाइन ।पन्तले आफुलाई कार्यक्रममा कुनै निमन्त्रणा नआएकाे बताउदा झन खिल्ली उड्याे ।

स्रोतका अनुसार कार्यक्रममा जति भद्रगोल भयो सबै जिम्मेवारी एनसीसी क्यानडाका पदाधिकारीकै कारणले भएको भनाइ छ । कतिपयले महिला सहभागीताकाे बिषयमा राजनीतिक पुर्वाग्रह राखिएको कारणले यस्तो अवस्था आएको आराेप लगाएका छन । यद्यपि उक्त आराेपकाे स्वतन्त्र पुष्टि भने भएको छैन ।