October 29, 2020, Thursday
२०७७ कार्तिक १३

अझै दिनहरु जोखिमपुर्ण छन सबै सर्तक रहौँ : प्रधानमन्त्री

249

फाइल फाेटाे

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको लागी अझै केही दिनहरु जोखिमपुर्ण भएकाले सबै सर्तक रहन आग्रह गरेका छन । देशमा अझै जोखिम अवस्था कायम रहेको भन्दै लकडाउनको अवधि पनि बढाइएको प्रधानमन्त्री ओलीले बताए । मंगलबार देशबासीलाई सम्बोधन गर्दै उनले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताएका हुन् ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको बताए ।उनले जोखिम अझै कायमै रहेको भन्दै सबैलाई महामारीलाई रोकथाम गर्न सहयोग गर्न आग्रह गरे।ओलीले यतिखेर क्वारन्टीनमा ९,१६१ जना रहे पनि देशभरि ३०,५६७ लाई राख्न सकिने क्षमता रहेको बताए।त्यसैगरी ३,२०५ जना आइसोलेशन शय्या भएकोमा अहिलेसम्म त्यसमा ९५ जना रहेको बताए।कसैको एउटा लापरवाही सिङ्गो समुदायलाई महङ्गो पर्नसक्ने भन्दै उनले लकडाउन पालना गर्न आग्रह गरे।

आगामी दुई साता’थप जोखिमपूर्ण’ भएको बताउँदै उनले ¥यापिड टेस्ट किटले परीक्षणको काम तीव्र गतिमा लैजाने सरकारको योजना सुनाए । यतिखेर जीवन कि वैयक्तिक स्वतन्त्रता भन्ने बहस गर्नु नै उपयुक्त नहुने उनको भनाइ थियो।ओलीले सामान्य वा असामान्य अवस्थामा सरकारका काम विधिसम्मत हुनुपर्ने बताए। तर काम नै गर्न नसक्ने अवस्थाको सिर्जना सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गर्न नहुने बताए ।

Recent Update