January 22, 2021, Friday
२०७७ माघ ९

सल्यानमा ट्राफिकले भन्छन् तपाईंको मास्क खाेई ?

383

मनाेज डाँगी ,रुकुम पश्चिम जिल्ला ट्राफिक कार्यालय सल्यानले चालक र आम नागरिकलाई सोमबार देखि मास्क खोइ अभियान थालेको छ । आम नागरिक सँगको सम्बन्धलाई प्रगाढ बनाउँदै शिष्टता र सभ्यतालाई अनुसरण गर्दै ट्राफिक प्रहरीको सेवा प्रवाहलाई सभ्य र राम्रो बनाउने उद्देश्यले मास्क खोइ अभियान थालिएको हो । मास्क प्रयाेग नगरेका नागरिकलाई ट्राफिक प्रहरीले तपाईंको मास्क खाेई भनेर साेध्छ ?

शारदा नगरपालिका स्थित श्रीनगरमा सवारी जाँच गर्दै उक्त अभियान शुरु गरिएको जिल्ला ट्राफिक कार्यालय सल्यानका प्रमुख सन्दिप बि कले जानकारी दिएका छ्न ।
उक्त निर्देशन जारी भएपछि अधिकांश जिल्लाले यस अभियानलाई व्यवहारमा लागू गरिसकेको उनलेे जानकारी दिए।

यस अभियान अन्तर्गत जाँच चौकी, सीमानाका र कार्यालयमा बसेर सेवा प्रदान गर्ने ट्राफिक प्रहरी, कर्मचारीले सेवाग्राहीलाई आदारयुक्त सम्बोधन सहित नमस्कार गर्दै तोकिएको कानून बमोजिमको काम सम्पन्न गर्ने छ ।

चालक र आम नागरिकलाई शिष्टाचार व्यवहार गर्ने अभियान ट्राफिक प्रहरीले थालेको हाे । ट्रक, जिप, मोटरसाइकल, ट्याक्टर सवारी साधनमा स्टिकर समेत टासिंएको हो । यस अभियानलाई निरन्तरता दिई सवारी जाँचलाई कडाइ गर्दै अघि बढ्ने योजना रहेको ट्राफिक प्रमुख बिकको बनाइ रहेको छ ।