May 15, 2021, Saturday
२०७८ जेष्ठ २

निश्चित कम्पनी मात्रै सहभागी हुन पाउँने पूर्व-पश्चिम रेलमार्ग ठेक्का रद्द

188

काठमाडौं- निश्चित कम्पनीलहरू मात्रै सहभागी हुन पाउँने तय गरेर लगाइएको पूर्व-पश्चिम रेलमार्गको ठेक्का रद्द गरिएको छ ।

काँकरभिट्टा-इनरुवा खण्ड निर्माणका लागि आह्वान गरिएको ठेक्कामा निश्चित कम्पनी मात्रै सहभागी हुन पाउने भएपछि अनियमितता भएको भन्दै चर्को विरोध भएको थियो ।

सर्वसाधारणस्तरबाट भएको विरोध र दबाबपछि रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का रद्द गरिएको  जानकारी दिएको हो ।

जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ३२ अर्बको ठेक्का आह्वान गरेको थियो ।