October 20, 2020, Tuesday
२०७७ कार्तिक ५

पहिरोले पुरेर कास्कीमा एक जनाको मृत्यु

156

पर्वत – कास्कीको रुपा गाउँपालिका–६ मा पहिरोमा पुरिएर एक युवतीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार मंगलबार बिहान करिब साढे ४ बजे आएको पहिरोमा परी २० वर्षीया सिर्जना विकको मृत्यु भएको हो। पहिरोले स्थानीय काजी विकको घरमाथि रहेको ढिस्को झरेर पुरेको हो।

घरमा काजीसहित उनका भाइ सन्दीप र सिर्जना सुतेका थिए। पहिरो आएको थाहा पाएपछि काजी र सन्दीप बाहिर निस्कन सफल भए पनि सिर्जना भने भित्रै परिन्।

उद्धारको लागि भीरकोटबाट गएको प्रहरी टोलीले बिहान ६ बजे उनको शव निकाले थियो।

Recent Update