March 1, 2021, Monday
२०७७ फाल्गुन १७

रुकुम पश्चिममा नेपाली सेना र डाक्टरले रगत दिएर जाेगियाे एक महिलाको ज्यान

450

नेपाली सेना र जिल्ला अस्पताल सल्ले रुकुम पश्चिमका चिकित्सकले रगत दिएपछी रुकुम पूर्वकी एक महिलाको ज्यान जोगिएको छ । सल्ले व्यारेकमा रहेका तिन जना नेपाली सेना र जिल्ला अस्पताल सल्लेमा कार्यरत डा. परिक्षीत ओलीले रगत दिएपछी रुकुम पूर्वकी एक महिलाको ज्यान जोगिएको जिल्ला अस्पताल सल्लेका राजकुमार भुजेलले जानकारी दिएका छ्न ।

अत्याधिक रक्तश्राव भएर स्वास्थ्य अवस्था गम्भीर भएपछी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका १२ की २७ वर्षीया पृथिमाया पुनलाई जिल्ला अस्पताल सल्ले ल्याइएको थियो । चिकित्सक सहित नेपाली सेनाले दिएको रगत र अस्पतालमा कार्यरत डाक्टरहरुको लामो प्रयास पछी उनको ज्यान ज्यान बच्न सफल भएको डाक्टर भुजेलको भनाइ छ ।

डाक्टर भुजेलका अनुसार ति महिलाको ९ दिन अघी मात्र तिन महिनाको गर्भ खेर गए पछि लगातार रुपमा रक्तश्राव भएको थियो । केही दिन सम्म रगत बग्न नरोकिएर स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि गाउँकै मेडिकलमा उपचारका लागि लगिएको थियो ।

त्यहाँ उपचार हुन नसेकपछि पृथीमायालाई जिल्ला अस्पताल रुकुम पूर्वमा पुयाइएको थियो । त्यहाँ पनि उपचार सम्भव नुहने भन्दै रिफर गरिएपछी उनलाई यही भदौ १९ गत्ते जिल्ला अस्पताल सल्ले रुकुम पश्चिमा पुयाइएको थियो ।

डाक्टर भुजेलका अनुसार अस्पताल आइपुग्दा सम्म रगतमा हेमाेगोलाेबिनको मात्रा अत्यन्तै कमि भएकाले पृथीमायाको स्वास्थ्य अवस्था गम्भिर थियो ।

अस्पतालमा ल्याएपछि तत्काल जिल्ला अस्पतालमा भएका जनशक्तिको प्रयोग गरी उपचार थालिएको लामो समय पछी आर्थत २१ गत्ते उनको स्वास्थ्यमा सुधार आएको हो ।

स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएपछि स्वास्थ्य अवस्था सामान्य रहेकाले सोमबार उनलाई जिल्ला अस्पतालबाट डिस्चार्ज गरी घर पठाइएको डाक्टर भुजेलले बताए ।।