May 15, 2021, Saturday
२०७८ जेष्ठ २

उपत्यकामा निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा छलफल हुँदै

92

 काठमाण्डाै – काठमाण्डाै उपत्यकामा निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा अहिले छलफल भइरहेको छ । 

अहिले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुख, उद्योग वाणिज्य महासङ्घ र महानगरीय ट्राफिक प्रहरी महाशाखाका पदाधिकारीबीच छलफल भइरहेको छ । 

यो छलफलपछि सुरक्षाकर्मीसित छलफल गर्ने र त्यसपछि फेरि प्रमुख जिल्ला अधिकारीबीच छलफल हुने जिल्ला प्रशासन कार्यालय काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए 

उनले ‘उपत्यकाका निम्न आय भएका वर्गको अवस्था जटिल बन्दै गएको कुरा हामी आफैलाई थाहा छ, उनिहरुको लागि जे उपयुक्त हुन्छ त्यहीँ निर्णय गर्छौँ, निर्णय भोलि आउँछ, आज छलफल र परामर्श हुन्छ ।’ यस्तै उनले स्वास्थ्य विज्ञसँग पनि परामर्श भइरहेकाले स्वास्थ्यसँगै आर्थिक र सामाजिक प्रभावलाई ध्यानमा राखेर निर्णय हुने बताए । 

बैठकमा आर्थिक गतिविधि ठप्प भएकाले मोडालिटी परिवर्तन गरेर निषेधाज्ञालाई केही खुकुलो बनाउने बारेमा पनि परामर्श भइरहेको छ  ।