March 7, 2021, Sunday
२०७७ फाल्गुन २३

नेपाल फर्कन नपाएको भन्दै साउदीमा नेपाली द्वारा सरकार बिरुद्ध नारावाजी

284

अभिषेक खरेल ,साउदी अरब, समयमै नेपाल फर्कन नपाएका नेपालीहरुले साउदी अरेबियाको रियादमा नेपाल सरकार बिरुद्ध नाराबाजी आन्दोलन गरेका छन ।उनीहरु आज नेपाल आउने फलाइट थियो तर आउन नपाएपछि नेपालीहरु तिव्र रुपमा आक्राेशित भएका हुन ।

कम्पनीका अधिकारीसँग आफ्ना समस्या राख्दा नेपालकै दूतावासका कारण तत्काल नेपाल पठाउन नसक्ने कम्पनीले बताएको भन्दै आफुहरु आक्राेशित भएकाे रुकुमका एक श्रमिकले बताए ।उक्त कम्पनीमा करिव १८ सय नेपाली अलपत्र परेकाेे खबर छ।

सात महिना देखि विमान कुरिरहेका उनीहरुले प्रधानमन्त्री बिरुद्ध चर्काे आक्राेश व्यक्त गरे ।हामी नेपाली नागरिक हाे कि हाेइन ? नेपाली नागरिक भए खै नेपाल सरकार नागरिकको उद्वार प्रति गम्भीर भएको एक पिडितले भने ।अझै नेपाल सरकार गम्भीर नभए थप आन्दोलनका कार्यक्रमहरु गर्ने उनिहरुले बताएका छन ।

उनीहरुले श्रमिक र नागरिक प्रति जवाफदेही नहुने राजदुतावास पनि खारेज गर जस्ता नारावाजी गरेका थिए ।
आफ्नो समस्या नेपाल सरकार समक्ष पुर्याउइदिन सबैलाई उनिहरुले आग्रह समेत गरेका छन ।उनीहरुले गरेको नाराबाजीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।