यतिबेला विश्व काेराेना भाइरस महामारीको पिडाले थिलाे थिलाे भएको छ ।यहि पिडामा विश्व पर्यटन क्षेत्र पनि नराम्रो सँग थलिएकाे छ । मान्छेहरु घर भित्रै छन ।नयाँ ठाउँमा घुम्ने ,रमाइलो गर्ने धेरैका सपना काेठामै थन्क्याएरका छन ।तर विश्वका धेरै मुलुकहरु नेपाल जस्तो पुर्ण बन्देज अवस्थामा भने छैनन।विस्तारै बाहिरी संसार सँग स्पर्श गर्दै आफुलाई पुर्ववत अवस्थामा उभ्याउने प्रयास गर्दै छन ।
यसै सन्दर्भमा क्यानडामा बसाेबास गर्दै आएका माउन्टेन एभरेस्ट टेलिभिजनका संचालक तथा समाजसेवी बसन्त कार्की साेमबार लामाे समय पछि घर बाट निस्केर नायगरा फल्स घुमेर फर्किए ।उत्तरी अमेरिकामा अवस्थित शक्तिसालि झरना हो नायगरा फल्स ।नायगरा फल्स जहाँ विश्वका धेरै पर्यटककाे राेजाइमा पर्छ ।विश्वका सात आचार्य पर्यटकीय स्थल मध्ये एक पर्ने उक्त फल्सकाे अवलोकन बसन्तकाे लागि नयाँ अनुभुती र एक एेतिहासिक क्षण बन्यो।काेराेनाकाे महामारी पछि अर्थात ७ महिना पछि बसन्तकाे याे यात्रा निकै रमाइलो भयो ।
राष्ट्र र राष्ट्रियता प्रतिकाे माया बसन्तले नायगरा फल्समा अझ बढि सम्झिए ।हातमा चन्द्र सुर्य अंकित राष्ट्रिय झण्डा बाकेर नायगरा पुगेका बसन्तले केही समय नेपाली झण्डा त्यहि फहराए र सम्झिए नेपाली माटाे,नेपाली मन ।
म केवल उक्त स्थानमा रमाइलोकाे लागि मात्रै पुगेको थिएन,मेरो देश नेपालकाे झण्डा पनि त्यहाँ फहराउनु थियो, त्यो सपना पूरा भयो उनी भन्छन् । मेरो देशमा पनि विश्व चिनाउने सगरमाथा छ ,त्यहि कारणले पनि म नेपाली राष्ट्रिय झण्डा बाेकेर त्यहा पुगेको हु उनलेे भने ।उसाे त कार्कि क्यानडाका नयाँ पर्यटकिय गन्तव्यमा जादा नेपाली राष्ट्रिय झण्डा साथमै राखेका हुन्छन ।मेरो देश,मेरो मातृभूमि जहाँ गएपनि मेरो मुटुमै हुन्छ ,त्यसैले मेरो राष्ट्रियताकाे प्रतीक झण्डा साथमै हुन्छ उनी भन्छन् । समाजसेवी कार्की विगत चार बर्ष देखि क्यानडामा बसाेबास गर्छन् ।