October 29, 2020, Thursday
२०७७ कार्तिक १३

आइसल्यान्डमाथि बेल्जियमको शानदार जित

150

एजेन्सी – यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा बेल्जियमले आइसल्यान्डमाथि शानदार जित निकालेकाे छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा बेल्जियमले आइसल्यान्डलाई ५-१ गोल अन्तरले पराजित गरेकाे हाे ।

बेल्जियमलाई शानदार जित दिलाउनका लागि मिच्चे बात्सुयाले दुई गोल गरे । त्यस्तै एक्सेल विट्सेल, डेरिस र्मेतेन्स, डेरिस मेर्टेन्स र डोकुले एक–एक गोल गरे । आइसल्यान्डका लागि होल्ब्रेटले एक गोल गरे ।

खेलको १० औँ मिनेटमा आइसल्यान्डका लागि हेल्ब्रेटले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । १३ औँ मिनेटमा एक्सेलले बेल्जियमका लागि बराबरी गोल फर्काए । १७ औँ मिनेटमा डेरिसले गोल गर्दै बेल्जियमको अग्रता २-१ गोलको बनाए ।

पहिलो हाफमा दुई गोल गरेको बेल्जियमले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । बेल्जियमका लागि खेलको ५० औँ मिनेटमा डेरिसले गोल गर्दै टिमलाई ३–१ गोलको अग्रता दिलाए । ६९ औँ मिनेटमा बात्सुयाले व्यक्तिगत दोस्रो गोल तथा टिमका लागि चौथो गोल गरे ।

Recent Update