October 27, 2020, Tuesday
२०७७ कार्तिक ११

रुकुम पश्चिममा ता”स खेल्दै गरेका ६ जना पक्राउ

1.1K

लुकिछिपि ता”स खेल्दै गरेका ६ जनालाई रुकुम पश्चिम प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ मुसिकाेट नगरपालिका १ काे बिक्रम केसीको घर बाट प्रहरीले स्थानीय ६ जनालाई पक्राउ गरेको हाे ।

उनिहरुलाई जु”वा ता”स खेलिरहेको अवस्थामा पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा आवश्यक कारवाहीको लागि ल्याइएको डिएसपी ठग बहादुर केसीले जानकारी दिए ।

जिल्लामा लुकिछिपि जु”वाता”स खेल्ने क्रम बढेपछि प्रहरीले सर्च अभियान चलाएको छ ।केही हप्ता अगाडि पनि प्रहरीले नगद सहित केहीलाई पक्राउ गरेको थियोे ।कहि कतै ता”स खेलिरहेकाे सुचना भए प्रहरीलाई उपलब्ध गराइदिन पनि नागरिक समक्ष प्रहरीले अनुरोध गर्दै आएको छ ।

Recent Update