October 25, 2020, Sunday
२०७७ कार्तिक ९

मैले पहिलोपटक देखेका ति दुई माओबादी ……..

2K

आज भन्दा २३, २४ बर्ष अगाडिको कुरा,उतिबेला सायद ८ बर्ष जतिकाे बालापन हुदाे हाे ।घरमा एउटा रेडियो थियोे ,साँझ सात बजेकाे समाचार र घटना बिचार नछुटाई सुन्ने बाबाको बानि ,बाबाले सुनेको समाचार उहाँले हामीलाई दिमागमा मज्जाले सेट हुने गरि सुनाउनु हुन्थ्यो । बुवा टिचर भएकोले पनि हाेला प्रत्येक न्युजकाे सुनी राखाैँ झै ब्याख्या गरिदिने ।

यस्तै समाचार सुन्ने क्रममा २०५१ भदौ १७ गते नेपाली काँग्रेसका नेता रुकुम खाेलागाउ निवासी गणेश शाहकाे ह”त्या भएको समाचार सुन्याै ,उक्त दुखत समाचारले बाबा निकै दुखित हुनुभयो ।मान्छे मा”रेको समाचारले हाम्रो बाल मस्तिष्क पनि तरङ्गित भयो ।उतिबेला माओवादीले विद्रोहकाे घाेषित जानकारी गरेकाे थिएन ।

त्यसको केही दिन पछि माओवादीले काँग्रेसका केही मान्छेहरुकाे ह”त्या श्रृङखला तिव्र रुपमा अगाडि बढायो । र २०५२ फागुन १ गते नेपालमा जनयु”द्धको घाेषणा भएको सुरु गर्याे ।ठाउँ ठाउँमा मान्छे का”टेका खबरहरु हामीले बाबा मार्फत सुन्न थाल्यौं ।माअाेबादीले जनयु”द्ध सुरु गरेको कुरा पनि बाबाले सुनाउनु भयो ।उनको लक्ष्य उदेश्य बाबाले आफ्नाे तरिकाले हामीलाई बुझाउनु हुन्थ्यो ।

दिन दिन‌ै माओवादीहरुले नेपाली काँग्रेसका मान्छेहरुलाई का”टन थाले ।यसकाे मनाेबैज्ञानिक त्रास हाम्रो बाल मस्तिष्कमा घुसिसकेकाे थियो ।बाबाले गरेको ब्याख्याले दिउँसो भन्दा राति असाध्य डर लाग्न थाल्यो ।किन भने मेरो बाबा नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघको आस्थावान शिक्षक हुनुहुन्थ्यो । उतिबेला सम्म धेरै बाबाका सहकर्मीहरुकाे घाँटी रे”टि सकेको अवस्था थियाे ।

काँग्रेस आस्थावान भएकै कारणले आफ्नो पनि ह”त्या हुन सक्ने बाबाको तर्कले हाम्रो हाेस नै उड्थ्याे ।साँझपख डरले खाना समेत नखाई सुत्ने गरिन्थ्याे ।उतिबेला इप्रका बाँफिकाेटमा प्रहरी चाैकि थियो ।

बाबाले हाम्रो मन ठुलो बनाउन भन्नुहुन्थ्यो प्रहरीले भेटाए उनिहरुलाई जित्छ ।त्यति भन्दा मन ठुलो हुने ।उतिबेला माओबादीलाई गुरिल्ला भन्ने पनि गरेको मलाई याद छ ।कस्ता हुन्छन् त माओबादी गुरिल्ला ? देख्ने बित्तिकै मा”र्छन हाेला ? जसलाई पनि का”टछन हाेला ? सुरुका दिनमा यी प्रश्नले मन कति हाे कति तरङ्गित ।

उतिबेला माअाेबादीका गतिविधि बाक्लो भैसकेका थिए ।राति राति बाँफिकाेटका डाँडामा राँके जुलुसहरु दन्कन थाले ।मलाई लाग्थ्यो यी राति राति मात्रै देखिन्छन् हाेला दिउँसो देखिदैनन हाेला ।२०५३ सालकाे चैतकाे महिना अामा म र दाइ गहुँ काटन घर देखि अर्को गाउँ सर्सुकाँडा पुगेको बेला त्यो पारी डाँडामा १५ बीस जनाकाे लस्कर देखियाे । म डरले थुर थुर भए ।मेरो मस्तिष्कमा माओवादी डर यति भयानक थियोे ।

ती पारि आउदै गरेका गुरिल्लाले मलाई नै मार्छन हाेला ,बाल मुटुकाे धड्कन बढ्यो ।किन कि माओबादि गुरिल्लाकाे बारेमा हामीलाई जसरि बुझाइएकाे अवस्था थियोे, त्यहि भाव मनमा व्यक्त भयो ।तर ती गुरिल्लाहरु माथिल्लो बाटो हुदै पिपल गाविस तिर लागे ।उतिबेला उक्त क्षेत्र माओवादीका लुक्ने उपयुक्त गाउँ थिए ।

समय वित्दै गयो ,हाम्रो डर पनि हराउँदै गयो ,तर माअाेबादीले आ”तंकित बनाउने नयाँ शैली सुरु गर्न थाल्यो ।त्यो शैली भनेको राति सुचना टाँसेर नाम ताेक्ने,पैसा ताेक्ने नत्र जे पनि गरिदिने ।यस्ता सुचनाका लिस्टहरुमा कयौंपटक बाबाकाे नामहरु हुन्थे ।अथाह डर कायम थियो ,उतिबेला सम्म माओबादी समुदाय स्तरमा पसेको थिएन ।गाउँका सिमित २,३ जना माओवादी हुन रे भन्ने सुनिन्थ्याे । तर भित्र भित्रै मान्छे भेट्ने जरिवाना असुल्ने जस्ता गतिविधि र संवाद भने उनिहरुले सुरु गरि सकेका रहेछन ।

कहिलेकाही दिउँसो प्रहरीले गस्ती गर्दा लाग्थ्यो माओवादी भेटाए त सक्छ हाेला । माओवादी आन्दोलनकाे मर्म , र भावना के थियोे त्यो भन्दा पनि मात्रै यिनिहरुले मान्छे मा”र्छन भन्ने कुरा दिमागमा थियो ।

एकदिन मध्य रातमा फुपाजु फुपाजु भन्ने आवाज आयो ,बाबाले विस्तारै सानाे झ्याल खाेलेर बाहिर हेर्दा २ जना चिनेकै आफन्त जस्तो स्वर ।विस्तारै संवाद अगाडि बढ्यो ।उहाँहरु २ जना एक जना नाताले मामाकाे छाेरा हाल नेकपा रुकुम पश्चिमका नेता महेन्द्र केसी (पारसमनि ) र अर्को नाताले अंकल हाल बाँके बाट नेकपा सभाषद महेश्वर गहतराज (अथक) हुनुपर्छ ।उहाँहरु नै हाे जस्तो म कता कता सम्झन्छु ।उहाँहरु नभए पनि उहाँहरुका दुई जना भाइ चाहिँ पक्कै हाे ।

उक्त दिन बाँस माग्न उहाहरु हाम्रो घर आउनु भएको रहेछ ।मेरो बाबाले दुबै जनालाई पढाएकाे कारणले पनि र हामी नातेदार भएकोले पनि हुनुपर्छ त्यहा आएको ।नजिकैको अर्को हाम्रो घरमै सुतायाै । उक्त कुरा २०५३ काे अन्तिम तिर हुनुपर्छ ।विहान आमाले खाना बनाइदिनु भयो ,उक्त खाना लिएर दाइ र म नजिकैको घरमा गयौं ।

मलाई निकै खुल्दुली थियोे माओबादी कस्ता हुन्छन् हाेला भनेर ? पहिलोपटक देखे ती दाइ र अंकल माओबादी । एक, एक ओटा तमलेट भिरेका थिए ।नजिकै एउटा भरुवा बन्दुक थियो ।किताबहरु अगाडि राखेका थिए ।डायरीमा धेरै कुरा लेख्दै थिए ।

हामीलाई देखेर मुसुक्क हासे ।उनको हाँसोले माओबादी डर ,त्रास सबै मन बाट हट्याे ।एउटा आत्मियता बढ्यौं । खाना खाएर उनिहरु गन्तव्य तिर लागे ।सम्भवत हाम्रो बाँफिकाेट बाट माओबादी यु”द्धमा हाेमिने पहिलो दास्राे परिवार उहाँहरुकै थियोे ।लामाे समय सम्म चलेको माओबादी जनयुद्धमा पहिलोपटक मैले देखेका दुई माओबादी गु”रिल्ला उनै थिए ।

माओबादीले आफ्ना कार्वाहीहरु तिव्र रुपमा अगाडि बढयाे ,गाउँमा एक खालको आ”तंक मञ्चियाे, तर उनै मलाई राम्रा लागेका दुई माओबादी गाउँमा कहिले पनि देखिएन ।त्यसपछि शान्ति प्रक्रियाकाे अवधि सम्म हामीले निकै दुख पायौं ।

Recent Update