October 21, 2020, Wednesday
२०७७ कार्तिक ५

बिध ल्याबबाट कोरोना परीक्षणको शुल्क अनलाईन भुक्तानि गर्दा ७ प्रतिशतसम्म छुट

117

काठमाडौँ – विध म्यानेजमेन्ट प्रालीले विभिन्न अनलाईन प्रणालीबाट कोरोना परीक्षण शुल्क तिर्दा आकर्षक छुटको व्यवस्था गरेको छ ।

सरकारबाट मान्यता लिएर दैनिक कोरोना परीक्षण गराउँदै आएको यस ल्याबबाट परीक्षण गराउँदा तिर्नपर्ने शुल्क विभिन्न बैंकको अनलाईन भुक्तानिमार्फत गराउँदा ७ प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको छ ।

सरकारले तोकेको अधिकतम मूल्यभन्दा कम मूल्यमा परीक्षण गराउँदै आएको यस ल्याबमा कोरोना परीक्षण शुल्क ४ हजार तोकिएको छ । यसअघि नै अनलाईन भुक्तानिमार्फत २ सय छुट दिइएको थियो । आइएमी पे, एन आइसी एसिया बैंक, सानिमा बैंक, सिभिल बैंक, माच्छापुच्छ बैंक लगायतका बैंकहरुमार्फत अनलाईनबाटै भुक्तानि गर्दा ७ प्रतिशत छुटको व्यवस्था मिलाइएको विधले जनाएको छ ।

Recent Update