काठमाडौं- रोल्पास्थित आफ्नै घरमा बसेका पूर्व सभामुख कृष्णबहादुर महरालाई भेट्न उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुन पुगेका छन्। पछिल्लो समय रोल्पा नगरपालिकाको मेवाङमा बस्दै आएका महरालाई भेट्न पुन हिजो बिहान ८ बजे पुगेका थिए ।
उर्जा मन्त्रीज्यू कार्यक्रमको सिलसिलामा रोल्पा आउनुभएको रहेछ। त्यही अवसरमा बुबालाई भेट्न आउनुभएको हो’, राहुलले भने, ‘बिहान एक घण्टा जति चिया बिस्कुट खाएर छुट्टिनु भएको हो।’
पार्टीमा उच्च तहको सम्बन्ध भए पनि महरा र पुनबीच गुरु चेलाको सम्बन्ध पनि छ।